दशैंमा घर जान टिकट नै नपाइने हो कि !

२७ भदौ, काठमाडौं – अत्तरियाकी शुभेच्छा थारु कलेजको आन्तरिक परीक्षाको तयारी छाडेर नयाँ बसपार्कमा दशैंको टिकट काट्न आइपुगेकी छिन् ।झण्डै २ सय जनाको लाइनमा बसेकी थारुलाई आफ्नो पालो आउँदासम्म टिकट नपाइने हो कि भन्ने चिन्ता छ ।

2

‘पोहोर पनि लाइन बस्दा-बस्दा टिकट नै सकियो भने । यो पाली पनि पछि परियो’ शुभेच्छाले भनिन्, ‘विहान ५ बजे नै आइपुगेको हो । तर, मान्छे टन्नै आइसकेका रहेछन् ।’दशैंका लागि मंगलबारबदेखि अगि्रम टिकट बुकिङ खुलेको छ । तर, नयाँ बसपार्कमा मात्र हैन, गौशाला, कोटेश्वर, कलंकी, स्वयम्भु लगायतका स्थानमा अग्रिम टिकटका लागि पुगेका यात्रुको लामो लाइन छ ।

सुर्खेतको लागि अग्रिम टिकट काटेका सुवास ढकाल बल्ल-बल्ल अन्तिमको सिट पाएको बताउँछन् । ‘जान्छु भनेको दिनमा सिट सकिसक्यो भन्छन्’ ढकालले अनलाइनखबरसँग भने, ‘अग्रिम बुकिङ त अली धेरै बस राखेर खोल्नुपर्ने हो । तर, चलिरहेको बसकै मात्र टिकट बुक गरेका रहेछन् ।’

 

उनले काटेको टिकटमा बस नम्बर उल्लेख छैन । यसदे टिकट काटेर पनि ढुक्क हुन नपाएको ढकालको गुनासो छ ।शुभेच्छा र सुवास मात्र होइन, बसको टिकट काट्न लाइनमा बसेका अधिकांशमा चिन्ता एउटै छ, टिकट नै नपाइने हो कि !

गतवर्ष बुकिङ खुलेको ५ घण्टा पनि नबित्दै टिकट सकिएको भन्दै काउन्टर बन्द गरिएको थियो । तर, ब्ल्याकमा टिकट विक्री भयो । त्यसको तीव्र आलोचना भएपछि सरकारको पहलमा पुनः बुकिङ खोलिएको थियो ।

 

यस पटक पनि टिकटमा कालोबजारीको समस्या देखिएको छ । ‘यहाँ टिकट काटेका सबैलाई सोध्नुस् अघिल्लो सिटहरु कसैले पाएका छैनन्’ विराटनगरका सुरेश साह भन्छन्, ‘बच्चा र वृद्धवृद्धा लिएर जानुछ भन्नेलाई त अघिको सिट दिनुपर्ने हो । तर, काउन्टर खोल्नासाथ अघिको सिट छैन भनिरहेका छन् ।’

धनगढी जान टिकट काट्न आएकी श्रुती सिंह लामो लाइन देखेर दिक्क मान्दैछिन् । उनलाई लाइनमा बसेर टिकट पाइन्छ भन्ने लागेको छैन । ‘प्रहरी हेडक्वार्टरमा दाजु हुनुहुन्छ, अब उहाँलाई फोन गर्छु’ फोनमा नम्बर डाइल गर्दै श्रुतिले भनिन्, ‘टिकट पाइएन भने काठमाडौंमा कसरी बस्नु ?’

अग्रिम टिकटका लागि लाइनमा बसेकाहरुको भिडमा भेटिएका महेन्द्रनगरका किरण मिश्र अनलाइनबाटै टिकट बुक गर्न पाइने भए कति सजिलो हुन्थ्यो भन्छन् । तर, झिसमिसेमै उठेर लाइनमा बस्न बाध्य छौं, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने