September 9, 2017

वीरगन्ज महानगर बनाउने क्षमता फोरमको उम्मेदवारसँग मात्र छः उपेन्द्र यादव

IMG_0918संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वीरगन्ज महानगर बनाउने क्षमता फोरमको उम्मेदवारसँग मात्र रहेको बताएका छन्।

संघीय समाजवादी फोरम पर्साले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै अब वीरगन्जको नेतृत्व फोरमले बताए।

अहिले वीरगन्जको दुरअवस्थालाई प्रष्टाउँदै ,महानगर नभइ अव्यवस्थित महानरकको अवस्थामा रहेको बताउदै  नेता यादवले वीरगन्जलाई साच्चिकै महानगरका रूपमा बनाउन सक्ने क्षमता र योजना भएका उम्मेदवारहरुलाई फोरम नेपालले चुनावी मैदानमा उतारेको बताए।

आसन्न स्थानीय तहको निर्वाचनमा फोरम नेपाल प्रदेश नम्बर २ को पहिलो राजनीतिक शक्ति बन्ने दाबी गर्दै उनले हिजो मनोनयनका दिन मधेसभर फोरम नेपाल प्रति देखिएको जनलहरले यसको संकेत गरिसकेको दबी गरे।

पत्रकार सम्मेलनमा प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगञ्ज हुन्छ कि हुँदैन भन्ने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले दुई नम्बर प्रदेशको राजधानी वीरगन्ज वा जनकपुर कुन हुन्छ भनेर ठोकुवा गर्ने बेला अहिले नभएको जवाफ दिए।

फोरम नेपालले अधिकार प्राप्ति, विकास र निर्माणको मुद्दा सँगसँगै वीरगन्जलाई हेर्न लायकको एउटा उदाहरणीय महानगर बनाउने योजना लिएर हिँडेकाले वीरगन्जवासीले फोरम नेपालका सबै उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउने विश्वास आफूले लिएको अध्यक्ष यादवले बताए।

विगतका आन्दोलनबाट प्राप्त उपब्धि गणतन्त्र, संघीयता र समावेशीतालाई संस्थागत र रक्षा गर्नका लागि नै फोरम नेपालले ठूलो जोखिम मोलेर चुनावमा भाग लिएको भन्दै फोरम नेपालका अध्यक्ष यादवले भने भने,‘जब हामीले पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरेका थियौं त्यस बेला हामी माथि चारै तिरबाट अनेकन प्रहार भएको थियो, हामीलाई गाली गलौज पनि गरिएको थियो, तर त्यति बेला हामीलाई गाली गर्ने र प्रहार गर्नेहरु अहिले हाम्रै बाटोमा तछाडमछाड गर्दै आएका छन्, यसले त्यति बेला हामी सही बाटोमा थियौ भन्ने प्रमाणित भएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक