टिकटको विवादमा नेपाली कांग्रेसमा खुकुरी हानाहान

सिरहा, २१ भदौ – टिकटको विषयमा विवाद हुँदा नेपाली कांग्रेस सिरहामा खुकुरी हानाहान भएको छ । सिरहा नगरपालिकाको टिकटका विषयमा विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झडपमा १० जना भाइते भएका छन् । नेपाली कांग्रेसको जिल्ला कार्यालयमा झडप भएको हो ।

मेयरको टिकट पाउने पक्ष र नपाउने पक्षबीच खुकुरी हानाहान भएको स्थानीय वासिन्दाले बताएका छन् । मेयरको टिकट पाएका सुभाषचन्द्र यादव र टिकट नपाएर असन्तुष्ट बनेका उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको थियो ।

घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

प्रहरीले झडप भएको स्थानलाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले झडप साम्य समेत भएको छ । डाक्टर यादवले सिराह नगरपालिकामा मेयरको टिकट पाएका छन् । उनी नेपाली कांग्रेसका कोषाध्यक्ष सितादेवी यादवका छोरा समेत हुन् । 

उपेन्द्र यादवले आफ्नो पक्षका लागि टिकट मागेका थिए । उनी सिरहा नगरपालिकाका पूर्व मेयर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने