सप्तरीको राजविराजमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई उनकै घरमा कार्यकर्ताले थुनेका हुन् ।
यादवको घर अगाडि बिहानैदेखि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही समयअघि घरमा ढुंगामुढा समेत गरेका थिए । बिहान कार्यकर्ताले यादवको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् । सडकमा टायरबालेर प्रदर्शन गरिरहेका छन् । यो समाचार तयारपार्दासम्म पनि यादव घरभित्रै छिन् ।
यादवको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ ।
विरोधको कारण
सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिदलाउन चाहन्थिन् । तर पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्ध प्रसाद यादवका छोरा आतेशकुमार सिंह यादव पनि सो पदका आकंक्षी थिए ।
यस नगरपालिकामा कसलाई मेयर पदको उम्मेदवारको टिकट दिने भनेर पार्टी भित्र लामो समयदेखि विवाद चलिरहेको थियो । केहीदिन अघि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई उम्मेदवारको नामावलीको विवाद टुंग्याउन आएका थिए । तर उनीहरुले पनि सकेनन् । पार्टी निकट स्रोतका अनुसार गएराति आतेशकुमार सिंह यादवले मेयरको टिकट पाएका छन् ।
आफ्नो छोरानले टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमुखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनी विरुद्ध कार्यकर्ता विरोधमा उत्रिएका हुन् । चित्रंगनलाई दिन नहुने कार्यकर्ताले माग राखेा छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने