सामयिकदुई नम्बर प्रदेशको भेलामा ओलीले भने–हात्ती दुव्लाएर बाख्रा हुँदैन

काठमाडौं, १७ भदौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्न एमालेलाई अरुको सहयोग नचाहिने बताएका छन् । 
9
प्रदेश नम्बर दुईका अगुवा कार्यकर्ता भेलालाई पार्टी कार्यालय धुम्बराहीमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले कमजोर नभएको भन्दै चुनाव जित्नका लागि कसैको वैशाखी आवश्यक नभएको टिप्पणी गरे । 

दुई नम्बर प्रदेशमा एमाले बाहेका दलहरुबीच चुनावी तालमेल हुने हल्ला चलिरहेको बेला ओलीले एमालेसँग मुकावला गर्ने हिम्मत कसैसँग नभएकाले वैशाखीको प्रयोग गर्न लागेको आरोप लगाए । 

उनले एमाले कुनै पनि हालतमा सानो पार्टी बन्न नसक्ने दाबी गे ।‘हात्ती दुव्लाएर कहिल्यै बाख्रा बन्दैन,’ ओलीले भने,‘एमाले कुनै पनि हालतमा सानो पार्टी बन्दैन ।’

चितवनको प्रसंग कोट्याउँदै ओलीले हार्नेले कराएर बाआमालाई बोलाउने तर जित्नेले आमाबुबा नगुहार्ने कटाक्ष गरे । 
ओलीले जथाभावी बोल्दै हिड्ने धुर्त पार्टी एमाले नभए बताए । ‘एमाले जथाभावी बोल्दै हिड्दैन’ ओलीले भने एमाले सुन तौलेजसरी बोल्छ फलाम जस्तो होइन ।’ उनले विगतमा आफूले मधेसीदाई माखेसांलो र बिहार जाउ पनि नभनेको स्पष्ट पारे ।

उनले कार्यकर्तामाझ दुई नम्बर प्रदेशको हिसाव समेत सुनाए । ओलीले एमालेले लाल–लाल हिसाव गर्ने भन्दै २० प्रतिशत भन्दा कसैको पनि बहुमत नभएको बताए । 

ओलीले नेपालको अहिहत गर्न २ नम्बर प्रदेशको प्रयोग हुने खतरा रहेको बताए ।  ओलीले सीमांकनमा गरिएको फेरबदलले एमालेको भोटमा असर नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको