१५ भदौ, काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल हुन सक्ने बताएका छन् । तालमेलका लागि सबै दलहरुसँग बराबर सम्भावना रहेको भन्दै उनले एमालेसँग पनि तालमेल हुनसक्ने बताए ।
बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता रायमाझीले भने, ‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं । सबै पार्टी हाम्रो लागि प्राथमिकतामा छन्, एमालेसँग पनि संभावना छ ।’
उनले तालमेलको विषयमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताए । सहमति नभए माओवादी केन्द्र एक्लै पनि चुनाव लड्ने उनले स्पष्ट पारे । २ नम्बर प्रदेशको चुनावमा माओवादी केन्द्रले पहिलो स्थान हासिल गर्ने दाबीसमेत नेता रायमाझीले गरे ।
‘माओवादीले जहिल्यै पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ, मधेशी, आदिवासी, जनजाति, थारु, महिला सबैको अधिकारको लागि अन्तिम समयसम्म पनि लड्ने पार्टी माओवादी हो,’ उनले भने, ‘त्यसैले मधेशमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ ।’
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने