ड्युटीमा खटिएका प्रहरी माथि खुकरी प्रहार

१४ भदौ, चितवन – नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएका प्रहरी माथि नै खुकुरी प्रहार भएको छ । पोखरा बसपार्कबाट क्षेत्रपुर तर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि आक्रमण भएको हो ।

 

बुधबार दिउँसो २ बजेर ४० मिनेटमा खुकुरी प्रहार भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

टाउकोमा चोट लागेर घाइते प्रहरी जवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको प्रहरी जनाएको छ ।

खुकुरी प्रहार गर्ने क्षेत्रपुर बस्ने वर्ष ३० का दिलिप सुनारलाई पक्राउ समेत गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । सुनार मादक पदार्थ सेवन गरी मात्तिएर आई प्रहरी जवान माथि आक्रमण गरेको उनले बताए ।

खुकुरी हान्ने सुनारलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।