१४ भदौ, सर्लाही – फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सर्लाहीको चक्रघट्टामा बुधबार आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रायसहितका सयौं नेता-कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
रायको माओवादी प्रवेशले २ नम्बर प्रदेशमा हुने आगामी चुनावका लागि आफ्नो जनाधार थप बलियो भएको माओवादीको दाबी छ । यसअघि नयाँ शक्तिका रामचन्द्र झा, सदभावना पार्टीका संस्थापक महासचिव अनिस अन्सारी लगायतका नेता-कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
मधेसमा बलियो ठानिने नेताहरुलाई भित्राएको दाबी गर्दै आएको माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताउँदै आएका छन् ।
आगामी चुनावलाई लक्षित गरी माओवादी अध्यक्ष प्रचण्ड केही दिन यता मधेसमै सक्रिय छन् ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको