काठमाडौं १२ भदौ– राप्रपा विभाजनको बिषयलाई लिएर दुई राप्रपाबीच संसदमा बाझाबाझ भएको छ ।
व्यबस्थापिका संसदको सोमवार बसेको दोस्रो बैठकमा सभामुखसँग समय लिएर कमल थापा नेतृत्वको राप्रपा संसदीय दलका मुख्य सचेतक दीलनाथ गिरीले राप्रपा विभाजनमा सत्तारुढ दल समेत जिम्मेवार रहेको आरोप लगाए ।
आफ्नो पक्षमा रहेका सांसदको समेत फर्जी हस्ताक्षर गरेर निर्वाचन आयोगमा बुझाए पनि निर्वाचन आयोगले छानविन नै नगरी विभिाजित पार्टीलाई दर्ता गराएको भन्दै आपत्ति जनाए । गिरीले विशेष परिस्थितिमा, सरकारका घटकको समेतको सहभागितामा पार्टी फुटाउने काम भएको दावी गरे ।
‘निर्वाचन आयोगले कुनै छानविन नगरी दल दर्ता गरेको छ, बुढी मरी भन्ने होइन, काल पल्कियो भन्ने चिन्ता हो,’ गिरीले भने, ‘यस्तै अबस्था रहे भोलिको दिनमा कुनैपनि दल सुरक्षित हुने छैनन् ।’
पशुपति शमशेर राणाले निर्वाचन आयोगमा हस्ताक्षर बुझाइएका मध्ये ८ जना केन्द्रीय सदस्यले दल दर्ताको लागि हस्ताक्षर गरेको होइन भन्दा पनि आयोगले छानविन नगरेको बताए ।
गिरी बोलिरहँदा राप्रपा प्रजातान्त्रिका रेशमबहादुर लामाले नियमापत्ति गर्दै ४० प्रतिसत पूरा गरेर दल दर्ता गर्न पाउनु संविधान सम्मत अधिकार भएको बताए ।
उनले सर्वोच्च अदालतले विबाद निरुपण गरिसकेको अबस्थामा हस्ताक्षर काहा कसले कहाँ गरेको भन्ने कुरा संसदमा उठाउनुको अथ नभएको टिप्पणी गरे ।
गिरीले आयोगको निर्णयले गम्भीर खतराको संकेत गरेको दावी गरे । ‘सर्वोच्च अदालतको निर्णयलाई हामी सम्मान गछौ, अन्याको बिरुद्ध सर्वोच्चको ढोकामा गएका छौ’ गिरीले भने ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा