प्रधानमन्त्री : संविधान संशोधनबारे भारतलाई अवगत गराउनु अन्यथा होइन

१२ भदौ, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा आफूले भारतलाई दिएको वचनबारे संसदमा प्रष्टिकरण दिएका छन् । उनले संविधान संसोधन नेपालको आन्तरिक विषय भए तापनि यसबारे अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउनु अन्यथा नहुने भनाई राखे ।

 

deuba‘संविधान संशोधनका विषयमा हामीले गरेको प्रयासबारे संयुक्त पत्रकार सम्मेलनमा मैले बोलेको छु,’ देउवाले भने, ‘यो विषयलाई राजनीतिक दलबाट व्यक्त विचार तथा सञ्चारमाध्यममा आएका टिप्पणीरुबारे मेरो ध्यानाकर्षण भएको छ ।’

‘संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधान कार्यान्यन गर्नु हाम्रो राष्ट्रिय एजेन्डा हुन् । हाम्रो राष्ट्रिय प्राथमिकताका विषयबारे राष्टिय अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक विषय होइन,’ प्रधानमन्त्री देउवाले भने ।

उनले थपे, ‘नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संक्रमणकालमा सघाउदै आएका छिमेकी मित्रराष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नु नाजायज होइन । हाम्रो संविधान कार्यान्वयनका विषयमा कुनै पनि छिमेकीको हस्तक्षेप स्वीकार्य हुने छैन ।’

संविधानको कार्यान्वयन नितान्त नेपाल र नेपालीको आन्तरिक विषय भएको भन्दै उनले यसमा कसैसँग सम्झौता नभएको र हुन पनि नसक्ने बताए ।

उनले नेपाली नम्बर प्लेटका बुलेटको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुरा राखेको तर, मोदीले भारतमा भारतीय नम्बरप्लेटका बुलेट मात्रै सञ्चालन हुन सक्ने जानकारी गराएको देउवाले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणबाट द्विपक्षीय विश्वास सुदृढ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा