करिष्मा मानन्धर – भ्रममा नपर्नुहोस्, नयाँ शक्ति छाड्दिन

काठमाडौं, ११ भदौ – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेतृ करिष्मा मानन्धरले आफूले नयाँ शक्ति छाड्नेबारे चलाइएको हल्लाको खण्डन गरेकी छन् ।

Baburam-and-Karishma-768x472

केही अनलाइनहरुले देवेन्द्र पाैडेलसहित सयाैँ नेताले पार्टी छाडेपछि नयाँ शक्तिका अन्य नेताहरू पनि पार्टी छाड्ने तयारीमा रहेकाे भन्ने समाचार  प्रकाशन गरेपछि करिष्माले शनिबार सामाजिक सञ्चाल फेसबुकमार्फत् आफ्नो धारण सार्वजनिक गर्दै पार्टी छाड्ने भनेर चलाइएको भ्रममा नपर्न आग्रह गरेकी हुन् ।

करिष्माले फेसबुकममा लेखेकी छिन, ‘राष्ट्रको हरेक वर्ग,जाति र तराई, पहाड, हिमाल एकसमान बनाई देशलाई समृद्ध बनाउने हाम्रो यो पवित्र अभियान निरन्तर जारी रहने छ र करिष्मा मानन्धरको साथ सदैव नयाँ शक्तिलाई रहनेछ ।’

उनले आफू नयाँ शक्तिको चमकदमक देखेर आवद्ध नभएको भन्दै त्यस्तो समाचार नलेख्न अनलाइनहरुलाई आग्रह पनि गरेकी छिन् । उनले अगाडि भनेकी छिन, ‘म नयाँ शक्तिको चमकदमक देखेर नयाँ शक्तिमा आवद्ध भएको होइन, सुरुमा हामी थोरै साथीहरुबाट सुरु गरेको हाम्रो यो पार्टीको अभियानलाई एक वर्ष मै राम्रो जनसमर्थनले गर्दा चम्किलो, दम्किलो अवस्य बनाएको थियो र अहिले यस्तो भ्रम सायद हामीलाई कमजोर बनाउने ध्ययले गरिँदैछ तर, एउटा कुरा जानकारी गराउन चाहन्छु ग्रहण लाग्दैमा चन्द्रमाको अस्तित्व मेटिँदैन ग्रहणपछि चन्द्रमा अझै चम्किलो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा