११ भदौ, काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूलाई नसमेटेको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले आजदेखि आयोग कार्यालय अगाडि धर्ना दिएको छ ।
द्वन्द्वपीडितले द्वन्द्वको चपेटामा परेका पीडित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सम्मानजनक पहिचान गराउनुपर्ने, घाइते सुरक्षाकर्मीको उपचार गर्नुपर्ने, द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्नुपर्ने लगायत माग राख्दै विभिन्न नाराबाजीका साथ तीन घण्टा धर्ना दिएका हुन् ।
आयोगले सशस्त्र द्वन्द्वका कारण सुरक्षाकर्मीमाथि भएको क्षतिबारे केही नबोलेकाले आफ्नो पहिचान गराउनका लागि धर्ना गरिएको संघका अध्यक्ष बिना दाहालले बताइन ।
संघका सचिव तुल्सी बस्नेतले राज्यका तर्फबाट द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई आयोगले अन्याय गर्न खोजेको आरोप लगाए । सशस्त्र द्वन्द्वका बेला करिब ६ हजार ५०० सुरक्षाकर्मीले ज्यान गुमाउनाका साथै घाइते भएका थिए ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा