माइक्रोम्याक्सका नयाँ मोबाइलहरु सार्वजनिक

१० भदौ, काठमाडौं  । स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो । विस्तारै रुपमा माइक्रोम्याक्सले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्दै आएको छ ।

6

माइक्रोम्याक्स स्टेट अफ द आर्ट र बजेट अनुकुल फोनको लागि प्रसिद्ध छ । माइक्रोम्याक्सले सधैं उत्कृष्टताका साथ आफ्नो ग्राहकहरुलाई खुसी राखेको दाबी गरेको छ ।

कम्पनीले फेरि आफ्ना नयाँफोनहरु एक्स ७३०, एक्स ७४० क्यु ३००१ र क्यु ३३०१ ल्याएर बजारमा फेरि आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा साबित गरेको छ । 

एक्स ७३० मोडलमा  २.४ इन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्मबिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १३०० एमएएचको ब्याट्री र अतिरिक्त फीचरको रुपमावायरलेस एफएम रेडियो, भ्वाइस कल रेकर्डिङ, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको अधिकतममूल्य रु.१,८९२÷– रहेको छ ।

एक्स ७४० मोडलमा २.४ इन्चको स्क्रीन अगाडि र पछाडि भिजीएक्यामरा, बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १८०० एमएएचको ब्याट्री र अतिरिक्त फीचरको रुपमावायरलेस एफएम रेडियो, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको अधिकतममूल्य रु.२,०३५÷– रहेको छ ।

क्यु ३००१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ ।

यो फोन ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामराका साथमा आउँछ । यसमा ४.० इन्चको एफडब्लूभीजीए डिस्प्ले र ब्लूटूथ रहेको छ । यो फोन ३जी सपोर्ट गर्दछ भने १,४०० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ । फोनको अधिक सुरक्षाकालागियसमाफ्लिप कभर निशुल्कदिईनेछ ।

यसको अधिकतममूल्य रु.५,०६०÷– तोकिएको छ ।

क्यु ३३०१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ, जसले गर्दा यो फोन तिब्र संचालन हुन्छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । तपाईँले यो फोनको साथमालाखौं आकर्षक फोटोहरु कुनैपनि स्थान, समयमाखिच्न सक्नुहुनेछ, जसको लागि, यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामराका साथमा आउँछ । यसमा ४.५इन्चको एफडब्लूभीजीए डिस्प्ले र ब्लूटूथ रहेको छ ।

यो फोन ३जी सपोर्ट गर्दछ भने १,६५० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ । यो फोनको आर्कषकताकायमगर्नका साथै फोनको अधिक सुरक्षाकालागिपारदर्शि ब्याक कभर निशुल्क दिईनेछ । यसको अधिकतममूल्य रु.५,७२०÷– तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा