राजपा नेपालमा उम्मेदवार छनौटको महाभारत

१० भाद्र, काठमाडौं–असोज २ गते हुने स्थानीय तहको चुनावमा भाग लिन तयार भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र उम्मेदवार चयनको विषयमा लफडा सुरु भएको छ ।

1दुई नम्बर प्रदेशको आठवटा जिल्लामा सीमिति भएको राजपा नेपाल छवटा दल मिलेर गठन भएको हो । एकताको भावनाअनुसार  गाउँ, नगरपालिका र  महानगरपालिकामा राजपाले सबै दलका उम्मेदवारलाई व्यवस्थापन गर्दै उम्मेदवारी दिनुपर्ने हुन्छ । तर,  टिकटको आकांक्षी धेरै हुँदा उम्मेदवार चयनमा राजपामा महाभारत सुरु भएको बताइएको छ । 

 प्राप्त जानकारीअनुसार एकताअघिका छवटै दलबाट उम्मेदवार चुनाव लड्न तयार भएर बसेका छन्  । सबैजनाले आफू जित्ने दावी गरिरहेका पनि छन् ।
छवटा दलको एकीकरण भएपनि त्यहाँ छवटै गुट क्रियाशिल रहेको देखिन्छ । नेताहरुले आआफ्ना गुटका नेताहरुलाई संरक्षण दिने काम गरेको देखिन्छ । सकभर आफ्नै गुटका कुनै व्यक्ति उम्मेदवार बनोस् भनि चाहना नेताहरुको देखिएको छ ।

अन्तिमसम्ममा पनि सहमति हुन नसके भागबण्डा गरेर उम्मेदवारको टुगों लगाउने अवस्था पनि आउन सक्ने राजपा नेपालका एक महासचिवले बताए ।
त्यसको पछिल्लो उदाहरण वीरगञ्ज महानगरपालिकालाई लिन सकिन्छ । उम्मेदवार छनौटका लागि बोलाइएको बैठकमा हिजो राजपा नेपालभित्र नै झडप भएको थियो । राजपाका महासचिवद्धय विमल श्रीवास्तव र राजेशमान सिंहका कार्यकर्ताबीच झडप भएको हो । 

विमल श्रीवास्तव महन्थ ठाकुर नेतृत्वको तमलोपा (पुरानो दल) का नेता हुन् भने राजेशमान शरतसिंह भण्डारी नेतृत्व रामसपा (पुरानो दल) का नेता हुन् । दुवैजना मेयरमा उम्मेदवार बन्ने दावी गरिरहेका छन् । यस्ता लफडा थुप्रै जिल्लामा देखिएको छ ।

जिल्ला तथा स्थानीय तहका नेताले उम्मेदवार छनौट गर्न नसकेपछि राजपा नेपालले केन्द्रबाट पदाधिकारीहरु खटाएका छन् । आठवटा जिल्लामा एकएकजना पर्यवेक्षक भनेर पठाएको छ । उनीहरुले उम्मेदवार छनौटका लागि जिल्ला समितिलाई सहयोग पुर्याउने छन् । सकभर स्थानीयस्तरमै उम्मेदवारको टुगों लगाउने नभए जिल्लाबाट त्यसको टुगों लगाउने निर्देशन दिएर केन्द्रबाट प्रतिनिधि पठाइएको हो । 

उम्मेदवार चयन गरिसकेपछि केन्द्रीय अध्यक्ष मण्डललाई प्रतिवेदन बुझाउने पार्टीले निर्देशन दिएको स्रोतले जनाएको छ ।
रौतहट जिल्ला खटिएका राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले राजपा नेपालबाट उम्मेदवार बन्नेको ओइरो लागेको बताए । उनले भने, ‘यहाँ उम्मेदवारका आकांक्षी सम्हाल्न मुस्किल देखिएको छ, स्थानीय अथवा जिल्ला स्तरबाट कुनै पनि हालतमा उम्मेदवारको टुगों लाग्ने छैन, सम्भवतः केन्द्रले नै टुगोंं लगाउनेछ ।’

केन्द्रले जहाँ विवाद देखिएको छ, त्यहाँबाट तीनजना उम्मेदवारको नाम मागेको छ । तीनजनामध्ये केन्द्रबाट गएका प्रतिनिधिले  टुगों लगाउनेछन्, यदि केन्द्रीय प्रतिनिधिबाट नभए तीनजनाकै नाम केन्द्रमा पठाउने र त्यसलाई केन्द्रले टुगों लगाउने बताइएको छ ।

राजपा नेपालबाट टिकट पाउने सम्भावना नदेखेका नेता तथा कार्यकर्ताहरु पार्टी छाडेर अरु  दलमा समेत प्रवेश गरिरहेका छन् । अरु दलमा प्रवेश गरी टिकट लिएर चुनाव  लड्ने रणनीतिका साथ उनीहरु लागिपरेका हुन् । 

उपेन्द्रसँग तालमेल नहुने
राजपा नेपालभित्र उम्मेदवारको लहर देखेपछि अन्य कुनै दलसँग तालमेल नगर्ने निष्कर्षमा सो दल पुगेको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले आफ्नो केन्द्रीय समितिको बैठकबाट राजपा नेपालसँग चुनावमा तालमेल गर्ने निर्णय नै गरेको थियो  । तर राजपा नेपाल फोरम नेपालमात्र होइन, यो स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नहुने स्पष्ट पारेको हो । 
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने, ‘हाम्रो पार्टीमा यति उम्मेदवार छन् कि अरु पार्टीसँग तालमेल गर्न सकिदैन, आफ्नै पार्टीभित्र सबैको चित्त बुझाउन गाह्रो छ । कसैसँग तालमेल गर्यो भने उम्मेदवार बाँडिने भएकाले पार्टीभित्र आन्तरिक समस्या आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा