सरकारलाई आयोगको ८ बुँदे अनुरोध

९ भदौ, काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आवश्यक पर्ने ऐनहरु तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

press2nd-5-9

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवको अध्यक्षमता आज बसेको आयोगको बैठकले यस्तो माग गरेको हो । चुनावको मिति घोषणा भइसकेपनि ऐन कानुन नहुँदा तयारीमा समस्या परेको भन्दै ढिलाई नगर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले सरकारसँग ८ बुँदे अनुरोध गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि छिटो उपलब्ध गराउन आग्रह गरेको छ ।

आयोगले २ नम्बर प्रदेशमा स्थानीय चुनाव गराउनका लागि हालैको बाढीबाट बिग्रेभत्केका मतदानस्थल, मतदान केन्द्र, सडक, राजमार्ग, पुल र कल्भर्टको उचित मर्मत गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । २ नम्बर प्रदेशका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावका लागि सुरक्षाको उचित व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन विरोधी र भूमिगत समूहबाट हुन सक्ने घटनाहरु; खुल्ला सीमाना र हात हतियारको प्रयोग; उमेद्बार र मतदाता शिक्षा कार्यक्रम संचालन र मतदानको लागि खटिने कर्मचारीको सुरक्षालगायतका विषयमा विशेष सजगता अपनाउँदै सुरक्षा व्यवस्थालाई चुस्त र भरपर्दो बनाउन पनि आयोगले सरकारसँग अनुरोध गरेको छ ।

निर्वाचन अवधिभरका लागि निर्वाचन हुने स्थानमा पेट्रोलियम पदार्थ एवं ग्यासको सहज व्यवस्थापन मिलाउने, महंगी नियन्त्रण गर्ने, निर्वाचन हुने जिल्लामा उपलब्ध चारपाङ्ग्रे हलुका सवारी साधन मर्मत संभार गरी चालू हालतमा राख्ने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा