८ भदौ, काठमाडौं – गृहमन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ जना प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सरुवा भएको हो । सरूवा गरिएका कुल कर्मचारीको संख्या भने ३१ छ ।
महादेव पन्थलाई भक्तपुर सरुवा गरिएको छ । यसअघि उनी सुर्खेतको प्रमुख जिल्ला अधिकारी थिए । सुर्खेतमा भने गृहमन्त्रालयमा रहेका सिताराम कार्कीलाई सीडीओ बनाएर पठाइएको छ ।
यसैगरी चक्रबहादुर बुढालाई गृहमन्त्रालयबाट मकवानपुरको सीडीओ बनाएर पठाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडीलाई गृहमन्त्रालयमा तानिएको छ ।
आसमान तामाङलाई सिन्धुपाल्चोक, नारायणप्रसाद भट्टराईलाई बर्दिया र चन्द्रमान श्रेष्ठलाई उदयपुरको सीडीओ बनाएर पठाइएको छ ।
कास्कीका सहक्षेत्रीय प्रशासक विष्णु पोखरेललाई इलाम र बर्दियाका विष्णुबहादुर थापालाई बाग्लुङ सरुवा गरिएको छ ।
प्रहरी किताबखानामा रहेका मदन भुजेललाई कपिलवस्तुको सीडीओ बनाएर पठाइएको छ । कपिलवस्तुका सीडीओ विष्णुप्रसाद ढकाललाई भने प्रहरी किताबखानामा तानिएको छ ।
उपसचिवतर्फ विष्णु पौडेललाई जुम्ला, दिलिप लामिछानेलाई रामेछाप, विश्वराज न्यौपानेलाई दैलेख, बद्रीनाथ गैरेले कालिकोट सरुवा गरिएको छ ।
मकवानपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरी पन्तलाई मनाङ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रहेका पुष्पराज शाहीलाई जाजरकोट, एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको छ ।
यस्तै कालिकोटका प्रजिअ गिरीधारी सुवेदीलाई उपक्षेत्रीय प्रशासक बनाएर कास्की सरुवा गरिएको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा