५ भदौ, कैलाली – कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार मृतकहरुमा डोटी जोरायल गाउँपालिका-५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका-५ की ४८ वर्षीया दुर्गा देवी मल्ल छन् ।
घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको बुढामगरले जानककारी दिए ।
बसमा २५ जना सवार रहेको र बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा