माग पूरा गराउन प्रधानमन्त्री निवासमा धर्ना

३ भदौ,काठमाडौ – त्रिभुवन विश्विविद्यालय अन्तर्गतका विभिन्न आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुले आफ्ना मागहरुप्रति विश्वविद्यालय तथा सरकार गम्भीर नभएको निष्कर्षसहित आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

Professor-Dharna-ma

नेपालका विभिन्न जिल्लाका त्रिवि आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको सहभागिता रहेको धर्नामा बोल्ने वक्ताहरूले राज्य र विश्वविद्यालयबाट आंशिक प्राध्यापकहरुमाथि बौद्धिक शोषण भएको तथा उनीहरुको योगदानको कदर नभएको भन्दै यथाशीघ्र समस्या समाधान गर्न माग गरे ।

 

नक्सालस्थित भाटभटेनीबाट निक्लेको प्राध्यापकहरूको विरोध जुलुश प्रधानमन्त्री निवास छेउ पुगी धर्ना तथा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै संघका अध्यक्ष शशीकुमार शर्मा, सहअध्यक्ष नरेन्द्र भण्डारी तथा वाग्लुंग,धनुषा, बुटवल, पोखरा लगायतका जिल्लाका प्रतिनिधि वक्ताहरुले आंशिक प्राध्यापकहरुमाथि राज्यद्वारा भइरहेको शोषण तथा अन्यायको अन्त्य गरी विश्वविद्ध्यालयलाई मर्यादित शिक्षाको केन्द्र बनाउनुपर्ने बताए ।

उता, नेपाल आंशिक प्राध्यापक संघले साउन १० गतेदेखि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि शुरु गरेको रिले अनसन २६ दिनदेखि आज पनि जारी छ । आफ्ना माग सम्बोधन नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने संघले घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने