धुर्मुस-सुन्तली बिराटनगरमा सम्मानित

२ भदौ, बिराटनगर – चर्चित कलाकार एवं समाजसेवी सीताराम कटेल र कुञ्जना घिमिरे -धुर्मुस-सुन्तली)लाई आज विराटनगरमा सम्मान गरिएको छ ।

 

Dhurrmus-samman

उद्घोष दैनिकको १३औं बाषिर्कोत्सवका अवसरमा कलाकारद्वयलाई १ लाख ११ हजार १११ रुपैयाँ राशीको श्रीप्रसाद-दिकराज दाहाल सामाजिक सम्मानबाट उनीहरु सम्मानित भएका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले धुर्मुस-सुन्तलीलाई सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा स्वर्गीय राजेश्वर रेग्मीको सम्झनामा स्थापित १० हजार १०० रााशीको राजेश्वर रेग्मी गजल पुरस्कार इलामको चुलाचुली-१ का विवश बलिभद्र कोइरालालाई प्रदान गरिएको छ ।

स्वर्गीय दिकराज दाहालका सुपुत्र कमलराज दाहालले आफ्ना माता-पिताका नाममा विभिन्न पुरस्कारहरु प्रदान गर्नेगरी श्रीप्रसाद-दिकराज दाहालका नाममा अक्षयकोष स्थापना गरेका छन् । श्रीप्रसाद-दिकराज दाहाल सामाजिक सम्मान हरेक दुई बर्षमा प्रदान गर्ने गरिन्छ ।

यसैवीच धुर्मुस-सुन्तली फाउण्डेशनले थाल्ने नयाँ नेपाल निर्माणको अभियानमा सहयोग गर्न मेयर भीम पराजुलीले व्याtmिगत १ लाख १ हजार १ सय र रिजालको पोलिट्यांकका संचालक नवीन रिजालले प्लाष्टिकका सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा