प्रधानमन्त्रीकाे घोषणा : बाढीबाट ज्यान गुमाउनेका परिवार र घाइतेले रकम पाउने छन्

१ भदौ, बर्दिया – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट ज्यान गुमाउने परिवारका सदस्यले पाउने रकमको घोषणा गरेका छन् । देउवाले बाढीबाट मृत्यु व्योहोर्नु परेका पिडित परिवारले दुईलाख रुपैया पाउने बताएका छन् ।

Deuwa-Rahat

बबई नदीको वाढीबाट विस्थापित बनेका बर्दियाका वाढीपिडितहरुलाई खाद्यान्न वितरण गर्न बर्दिया आएका देउवाले मृतकका परिवारलाई दुईलाखका दरले रकम उपलब्ध गराईने वताएका हुन् ।

राहत र सहयोगका सम्वन्धमा सरकारले कुनै कन्जुस्याई नगर्ने बताउँदै प्रधानमन्त्री देउवाले बाढीमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले भने ‘वाढीमा राहत र उद्धारमा संलग्न हुनु भएका सुरक्षाकर्मी लगायत स्वयंसेवक हरुलाई धन्यवाद दिन चाहान्छु ।’

घाईते तथा अपाङ्गहरुलाई पनि राहत उपलब्ध गराईने प्रधानमन्त्रीको भनाई थियो । पूर्ण र आशिंक क्षती भएका घरहरुलाई मर्मत र निर्माणका लागि रकम उपलब्ध गराईने वताउँदै उनले थपे वाढी पिडितहरुको सहयोगको लागि सरकारले पूरा प्रयास गर्छ ।

 

बबई वाढीबाट बर्षेनी पिडित बनेका बर्दियाका स्थानियलाई बबई नदीमा पूरा तटवन्धन गरिने विश्वास दिलाउँदै प्रधानमन्त्रीले भने, ‘हामीले अस्थायी शिविरमा वस्दै आएकाहरुलाई खाद्यान्न र त्रिपालको पूर्ण व्यवस्था गर्छौ ।’

बाढीका कारण हुनसक्ने सम्भावित महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिई सकेको बताउँदै प्रधानमन्त्री देउवाले आपूर्ति मन्त्रालय अन्र्तगतको प्रारम्भिक राहत लगायतको खाद्यान्न चामल गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीको साथमा सिँचाई मन्त्री संजय गौतम पनि आएका छन् । बाँकेको फत्तेपुर अवलोकन गरी बर्दिया आएका प्रधानमन्त्रीको टोली कैलाली पुगी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा