August 16, 2017

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकै दिन गर्ने

 

काठमाडौं । प्रमुख तिन दल प्रदेश सभा र संघीय निर्वाचन एकैदिन गर्न सहमत भएका छन् । वुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा दुवै चुनाव मंसिरको दोश्रो साताभित्र गर्ने निचोड निस्किएको हो । निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न कठिन भएको बताएपनि विद्युतीय भोटिङ प्रणालीबाट भने सम्भव हुने बताएको छ /आगामी मंसिरमा दुवै तहको निर्वाचन गर्ने निर्णय गरि निर्वाचन आयोगलाई जानकारी गराईसकेपनि अन्य प्राविधिक र कानुनी विषयमा भने छलफल गर्न बाँकी रहेको दलहरुले बताएका छन् ।
दुवै निर्वाचन एकै चोटी गर्न कठिनाइ भएतापनि प्रत्यक्षतर्फ संघीय संसद र प्रदेशसभाका लागि एउटा मतपत्र बनाउन सकिनेछ, जसमा दुई ठाउँमा स्वस्तिक छाप लगाउने व्यवस्था गर्न सकिनेछ । समानुपातिकका लागि संघीय संसद र प्रदेशसभाका लागि एक ठाउँमा मत दिने व्यवस्था गर्न सकिने दलका नेताहरुको भनाइ रहेको छ ।
छलफलमा संसदमा विचाराधीन संविधान संसोधनको विषयलाई पनि टुंगोमा पुर्याउने सहमत तिन शिर्ष दलहरुबीच भएको छ । यो संगै राजपा आगामी तेश्रो चरणको निर्वाचनमा जाने ढोका पूर्ण रुपमा खोलिने छ यद्दपी संसोधन प्रस्ताव पारित भए अथवा नभए पनि राजपा निर्वाचनमा जान भने तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा