३२ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार देउवासँग भेट गरे । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जवाफ लिएका छन् ।
रेलमार्गबारे पनि छलफल
दुई नेताको भेटमा सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माणबारे पनि काराकानी भएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले भूकम्पले क्षतिग्रस्त भएको अरनिको राजमार्ग पुनर्निर्माण छिटोे गर्नु पर्नेमा जोड दिएका छन् । बाहिरी चक्रपथ निर्माणका साथै बढ्दो ब्यापार घाटा कम गर्नेबारे पनि कुराकानी भएको छ ।
प्रधानमन्त्री देउवासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसेटिभ -बीआरआई)बारे चासो व्यक्त गरेका थिए । नेपालले प्रचण्ड सरकारकै पालामा बीआरआईमा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री देउवाले रोड, रेलका साथै क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणमा जोड दिएका छन् । साथै नेपालमा चिनियाँ लगानी भित्र्याउन पनि आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा