डा.केसीका समथर्कमाथी प्रहरी अाक्रमण (भिडियो)

३१ साउन, काठमाडौ – तराईका बाढी पीडितको उद्धारमा विभिन्न दलहरु केन्द्रित भइरहेका बेला विवेशशील साझा पार्टीका कार्यकर्ताहरु मंगलबार नयाँ बानेश्वर चोकमा भेला भए ।

तर, विवेकशील साझा पार्टीका कार्यकर्ताहरु बाढी पीडितलाई राहत संकलनका लागि त्यहाँ भेला भएका होइनन् । उनीहरु मेडिकल माफियामाथि कारवाही हुनुपर्ने माग गर्दै अनसनमा बसेका डा. गोसिवन्द केसीको जीवनरक्षाका लागि त्यहाँ भेला भएका हुन् ।

नेपाल बन्द र यातायात अवरुद्ध जस्ता कार्यक्रमहरु नगर्ने बताउँदै आएका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले निशेधित क्षेत्र तोडेर संसद भवनतिर जाने प्रयास गरे । यस क्रममा प्रहरीहरुले उनीहरुलाई घँच्याड्ने प्रयास गर्दा केहीबेर ठेलाठेल भयो ।

निशेधित क्षेत्रभन्दा केही पर कार्यक्रम गरिरहँदा प्रहरीले उनीहरुमाथि कुनै अवरोध गरेको थिएन ।
विगत २३ दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको समर्थनमा मंगलबार विवेकशील साझा पार्टीले राजधानीमा जुलुस निकालेको हो ।

बानेश्वरको एभरेष्ट होटल अगाडिको सडकमा साझा पार्टीले धर्ना तथा विरोध प्रदर्शन आयोजना गरेको थियो । धर्ना पश्चात्त सहभागीहरुले नारा लगाउँदै संसद भवन जाने क्रममा प्रहरी र प्रदर्शनकारीबीच हँसीमजाक र रमाइलो गर्दै ठेलाठेल भएको हो । निशेधित क्षेत्र तोडेको र सार्वजनिक आवागमनमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले जुलुसलाई अघि बढ्न दिएन ।

महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि आइपुगेपछि धर्नामा परिणत भएको थियो ।

विवेशकील साझा पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा सुरुमा करिब २५/३० जनाको उपस्थिति थियो । पछि केही मानिसहरु थपिएका थिए । विवेकशील साझा पार्टीले डा. गोविन्द केसीको अनसनलाई सक्रिय समर्थन गर्दै आएको छ ।

 

https://youtu.be/ufH6fcIkrKI

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा