३० साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बाढी प्रभावित जिल्लाको अवलोकन भ्रमण गर्ने भएका छन् । नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री देउवा दिउँसो पूर्वी तराई जाने उनको सचिवालयले जनाएको छ ।
विहानैदेखि हेलिकप्टर उड्नका लागि मौसम अनुकुल नभएकाले प्रधानमन्त्री जाने समय भने तय भइसकेको छैन । मौसम अनुकुल भएपछि मात्रै प्रधानमन्त्री त्यसतर्फ जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीले आज बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेर फर्किएपछि थप राहतका कार्यक्रम घोषणा गर्ने सरकारको तयारी छ । यसअघि गएराति अबेरसम्म बसेको मन्त्रीपरिषद बैठकले बाढी, पहिरो र डुबानका कारण मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा