रौतहट– रौतहटको अधिकांश स्थान जलमग्न भएको छ । बिहिबार देखि परेको अविरल वर्षापछि आएको बाढीले रौतहट जलमग्न भएको हो भने यातायात प्रायः ठप्प छ ।
बाढीका कारण अहिलेसम्म ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजपुर फरहदवामा ६ जना गंगापुत्रमा १ जना, आरैयामा १ जना र देबाही बोनहीमा १ जनाको ज्यान गएको जिप्रका रौतहटका डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ५ महिला, २ पुरुष र २ बालबालिका रहेको छन् ।
यसैबीच ८ स्थानमा लालबकैया नदीको बाँध भत्किएपछि बाढी पसेर गौर डुबानमा परेको छ । गौरमा ३ देखि १५ फिटसम्म पानी जमेको छ । पीडितको सुरक्षाकर्मीले उद्दार जारी राखेको जनाइएको छ ।
जिल्लाका अधिकांश स्थानमा टेलिफोन सेवा प्रभावित बनेको छ भने विद्युत लाइन पनि बन्द भएको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा