२९ श्रावण , काठमाडौँ। अविरल वर्षाका कारण देशै भरी जन धनको क्षति बढ्न थालेपछि, शनिबार गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको छ। शनिबार बिहान ८ बजेदखि बेलुकासम्म बसेको बैठकले गृहमन्त्री शर्माको नेतृत्वमा उद्धार कार्य चुस्त तथा छरितो बनाउन र बाढी पीडितको व्यवस्थापन गर्न केही केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो।
शनिबारनै गृहमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेका थिए भने बेलुका साढे ७ बजेनै केन्द्रीय दैवी प्रकोप उद्धार समितीको बैठक बोलाएर सरोकारवाला मन्त्रालय तथा व्यक्तिसँग थप रणनीति तय गर्न परामर्श गरेका थिए।
बैठकले प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्य टोली पुर्याउने, यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधीहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने लगायतका निर्णय गरेको छ।शनिबार साझ सम्म, मुलुकका ११ जिल्लाहरु ९ पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ–३, सुनसरी–७, सर्लाही–२, बारा–२, दाङ–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१० गरी जम्मा ३३ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही घाइते भएको गृहमन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीका ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मी प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएको मन्त्रालयले जनाएको छ।भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ। खोज तथा उद्दारका लागि हेलिकप्टर, मोटर बोट, र्याफ्टििङ बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको मन्त्रालयले जनाएको छ।सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकेका डुबानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिब २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको मन्त्रालयले जनाएको छ ।
झापाकोे मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ्टिङ बो लगायतका साधन प्रयोग गरी उद्दार कार्य भैरहेको छ ।तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिबाट आवश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ । नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट प्रभावित परिवारलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलिकप्टर स्टेन्डबाई राखिएको मन्त्रालयले जनाएको छ।
मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेलिकप्टरले भर्न सकिरहेका छैनन्। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको जनाएको छ। औषधिसहितको स्वस्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको गृहले जनाएको छ।यसैगरी निजी क्षेत्रका हेलीकप्टर प्राथमिकताका साथ परिचालन गर्र्ने व्यवस्था मिलाउन नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि रहेकाले सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ। प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट विभिन्न स्थानीय भाषाहरुमा एफएम रेडियोमार्फत सर्वधारणलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अपिल गरिएको गृहले जनाएको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा