२४ साउन, इलाम – नेकपा एमाललेका अध्यक्ष केपी ओलीले जनप्रतिनिधिहरुले आग्रह पूर्वाग्रह त्यागेर जनताको काम गर्नुपर्ने बताएका छन् ।
एमालेले इलाममा आयोजना गरेको प्रदेश १ का जनप्रतिनिधिहरुको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आर्थिक, सामाजिक, सांस्कृति र विकास निर्माणका कामहरुलाई व्यवस्थित रुपमा अघि बढाउन निर्देशन दिएका छन् । जनतामा विकासको तीव्र चाहना रहेको भन्दै उनले योजनावद्ध ढंगले काम गर्न पनि जनप्रतिनिधिलाई सुझाएका छन् ।
चुनाव जितेपछि फूलका माला र खादासँगै कामको जुवा पनि जनताले भिराएको भन्दै ओलीले जनप्रतिनिधिहरुले जनताको भावना शिरोधार्य गरेर काम गर्नुपर्ने बताए । उनले भने- ‘रंगिला मनाउन चुनाव जितेको होइन, जनताको काम गर्न जित्नु भएको हो । यसैले राम्रो काम गरेर देखाउनुस् ।’
नीति, कार्यक्रम र विचारा एमाले अरु दल भन्दा धेरै अघि भएको दाबी गर्दै ओलीले प्रतिष्पर्धाबाट डराएका दलहरुले एमाले विरुद्धस्याल हुँइया पिटाउने बताए । ‘हुइयाँ चलाउने, अवरोध सिर्जना गर्नेहरुसँग सचेत भएर काम गर्नुहोस्’ उनले भने, ‘कहीबाट पनि दाग नदेखिने गरी काम गर्नुहोस्, आचरण शुद्ध राख्नुहोस् ।’
अध्यक्ष ओलीले नीति, कार्यक्रम केही नभएका दलहरुले एमालेकै विरोध गरेको भरमा स्थानीय तहको चुनाव जितेको बताए । सबै जात, वर्ग र समुदायका लागि वर्षौ लडिरहेको दललाई मधेसी, जनजाति विरोधी दल भनेर आरोप लगाउने गरेको भन्दै अध्यक्ष ओलीले भने-‘यो विभाजन गराउने दुष्प्रयास मात्र हो ।’
स्थानीय तहको निर्वाचनपछि एमाले एक मुलुकको पहिलो दल बनेको बताउँदै उनले एमालेभित्र लागेका थुप्रै ग्रहणहरुलाई हटाएर यो सफलता हासिल गरेको बताए । अध्यक्ष ओलीले भने, ‘अझै विदेशी ग्रहणहरु लागिरहेका छन् । यीनलाई पनि हटाउनु छ ।’ दुई नम्बर प्रदेशमा एमालेलाई छिर्न नदिने भन्दै दलहरुले मोर्चाबन्दी गरिरहेको तर, एमाले त्यहाँ पनि पहिलो दल बन्ने दावी पनि अध्यक्ष ओलीले गरे ।
अभिमुखीकरण कार्यक्रममा प्रदेश नं. नेकपा एमालेका महासचिव ईश्वर पोखरेेल, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रदेश १ का प्रमुख भीम आचार्य पनि सहभागी छन् । उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले मात्र मन्तब्य राखे । महासचिव पोखरेल र बरिष्ठ नेता खनालले भने प्रशिक्षण दिने बताइएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको