भदौ १ गते चुनावको मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं, २३ साउन– निर्वाचन आयोगले भदौ १ गते निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । 

Pm-Dauba-with-election-com

सोमबार(आज) दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालयमा भेट गर्दै निर्वाचन आयोगका पदाधिकारीले २०७४ माघ ७ भित्र प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि मिति तोक्न आग्रह गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहितको आयोगको टोलीले यथाशक्य छिटो निर्वाचन सम्बन्धी कानून र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त हुनु पर्ने तथा आगामी २०७४ भाद्र १ गते निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । 

आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्न व्यवस्थापकीय हिसावले सहज हुने तथा प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए सरकारको तर्पबाट समेत अग्रसरता हुनुपर्ने बारे प्रधानमन्त्रीलाई स्मरण गराएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । 

तेस्रो चरणमा हुन लागेको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको लागि आयोगले गरेका तयारीको बारेमा समेत प्रधानमन्त्रीलाई आयोगले जानकारी गराएको थियो । 

जवाफमा प्रधानमन्त्री देउवाले समयमै प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्रीले विद्युतीय मतदान मेसिनबारे सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको