प्रचण्ड : ‘नयाँ शक्तिमा रहेका सबै पूर्व माओवादी अब माओवादी केन्द्रमा’

२२ साउन, पोखरा – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिमा रहेका लगभग सबै पूर्व माओवादी नेकपा माओवादी केन्द्रमा आउन लागेको दावी गरेका छन् । पोखराको बुद्धचोकमा शुरु भएको माओवादी केन्द्र प्रदेश नम्वर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

Maobadi-Karyakarta

‘नयाँ शक्तिका पूर्व माओवादी साथीहरु लगभग सबै नै आउदै हुनुहुन्छ, सबै माओवादी साथीहरु फर्कने अवस्था छ, प्रचडले भने, ‘विप्लव र वैद्यभित्र पनि एकताका लागि दवाव परेको छ, उहाँहरुले सोच्नै पर्ने परिस्थिति आएको छ ।’

सचिवालय बैठकबाट माओवादी धाराको एकताको अपील गरेको र त्यसको मूख्य जिम्मेवारी आफूहरुकै भएको प्रचण्डको भनाई छ । ‘वैद्यजी, बाबुरामजी लगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो, तर सक्नुभयो त ? प्रचण्डले प्रश्न गर्दै भने, ‘के जनताले फुटलाई अनुमोदन गरे त ? जनताले फुटलाई अस्वीकार गरे । अब माओवादी एक हुनुको बिकल्प छैन ।’

 

२ नम्वर प्रदेशमा परिणाम बाँकी रहे पनि ६ वटा प्रदेशको परिणामले सबै माओवादीहरु माओवादी केन्द्रमा फर्कन भन्दै जनताले एकताको नेतृत्व गर्न पनि आदेश दिएको उल्लेख गरे ।

पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै माओवादीको समस्या भएको प्रचण्डको भनाई थियो । संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रचण्डले बताए ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा हामी देशव्यापी बहस र अभियान सञ्चालन गर्दैछौ, यसले सिङ्गो देशलाई एकतावद्द गर्नेछ, प्रचण्डले बताए ।

‘एमालेलाई संघीयता घाडो भएको छ, गणतन्त्र पनि मन परेको छैन । समावेशिता पनि मन पर्दैन । हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री बन्दा असैह्य भएको छ, प्रचण्डले भने माओवादीले पहल नलिने, जनतालाई प्रशिक्षित नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक