२२ साउन, काठमाडौं – रौतहटको गरुडामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनामा सरकारको जवाफ माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ । सभामुखले आगामी बैठकमा यसबारे जवाफ दिन रुलिङ गरेपछि मात्र संसद सुचारु भएको छ ।
आइतबारको संसद बैठकको सुरु हुनासाथ एमाले सांसदहरु उठेर विरोध जनाए । लगतै सभामुख घर्तीले प्रमुख सचेतक भानुभक्त ढकाललाई बोल्ने समय दिएकी थिइन् । उनले सडक खन्ने क्रममा बनाइएको खाडलमा डुबेर बालिकाको मृत्यु भएको घटनामा ठेकेदार र सडक डिभिजन कार्यालयको दापरबाही जिम्मेवार रहेको बताए ।
प्रहरीलाई जानकारी दिँदा पनि समयमै उद्धार नगरिएको खबर आएको भन्दै उनले यसबारे सरकारले सदनलाई जवाफ दिनु पर्ने माग गरे ।
लगतै एमाले सांसदहरु उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराइन् । तर, एमाले सांसदहरुले चित्त नबुझाएपछि सभामुख ओनसरी घर्तीले आगामी बैठकमा यसबारे जवाफ दिन रुलिङ गरिन् । संसद बैठक आगामी २५ गते दिउँसो एक बजेका लागि राखिएको छ ।
शनिबार खाल्डोमा जमेको पानीमा डुबेर गरुडा नगरपालिका-४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको मृत्यु भएको थियो ।
ठेकेदारले सडक बनाउँदा खनेको खाल्डो नपुरेकाले पानी जम्मा भएको र त्यही पानीमा बालिकाहरु डुबेको स्थानीयबासीको भनाइ छ । घटनाको विरोधमा स्थानीयले आइतबार शव सडकमा राखेर विरोध प्रदर्शन गरेका छन् । प्रहरीले ठेकेदार मध्येका एकप्रल्हाद साहलाई पक्राउ गरेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको