भरतपुर २० को मतगणना , प्रमुख पदमा प्रतिष्पर्धा रोचक बन्दै

२१ साउन, काठमाडौं – भरतपुर महानगरपालिका वडा नम्बर २० को ताजा परिणाम सार्वजनिक भएको छ । जारी मतगणनामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको अग्रता दोहोरो अंकमा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको मातान्तर अहिले ७६ मतमा झरेको छ ।

Renu-dahal-and-Debi-gyawali

वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता अोरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ७६ मतले मात्रै अघि छन् । बैशाख ३१मा भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्याकर्ताले १९ नम्बर वडाकाे मतपत्र च्यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो ।

निर्वाचन कार्यालयले दिएको आधिकारिक जानकारी अनुसार १२ सय १ मत गणना हुँदा रेणु दाहालले देबी ज्ञवालीसँगको अग्रता जम्मा ७५ मतमा झारेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार देवीले ४२ हजार ३ सय ८ मत ल्याएका छन् भने दाहालले ४२ हजार २ सय ३३ मत पाएकी छिन् । अझ २१ सय मत गणना गर्न बाँकी छ ।

३३ सय २ मत खसको यो वडामा यहि अनुपातमा रेणुले मत ल्याए जित्ने निश्चित देखिएको छ । चार समूह बनाएर मतगणना भइरहेकाले परिणाम छिटो छिटो आइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको