डोटीमा जीप दुर्घटना , नौ जनाकाे मृत्यु

२१ साउन, डोटी – डोटी बोगटान गाउँपालिका–६ गगुडाको धार भन्ने ठाउँमा भएको जीप दुर्घटनामा एउटै बस्तीका आठ जना सहित नौ जनाले ज्यान गुमाए । चार जना गम्भिर घाइते भए ।

doti-accident

अछाम बुढी गंगा नदीमा सरकारी लगानीबाट निर्माण हुन लागेको बुढीगंगा जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने जमिनको मुआव्जा बुझ्नका लागि डोटी जिल्ला सदरमुकाम आएका उनीहरु मुआव्जा बुझेर फर्किने क्रममा दुर्घटनामा परे ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका—१ सिमचौर चपरतोलाका ३५ बर्षीय बिष्णुबहादुर मगर, ५५ बर्षीय भिम घर्तिमगर, ५० बर्षीय बुढो घर्ति मगर ४५ बर्षीय गोरख थापा ४८ बर्षीय शसिराम बहादुर पुनमगर, ४५ बर्षीय ललीता देबी पुन, ४० बर्षीय टेकबहादुर पुनमगर र ३० बर्षीय चन्द्रबहादुर घर्तिमगरको एक चिहान भयो । दुर्घटनामा शिखर नगरपालिका–१, कपल्लेकीका २८ बर्षीय चालक बिष्णुबहादुर नेगीको पनि घटना स्थलमै मृत्यु भयो ।

दुर्घटनामा दलबहादुर पुनमगर, हर्क पुनमगर, बिरवहादुर पुनमगर र प्रकाश घर्तिमगर घाईते भए । जीपमा चालक सहित १६ जना सवार रहेकामा अन्य तीन जनालाई सामान्य चोट लागेको छ ।

घाइतेहरुलाई सुजुुङ्ग पुर्‍याइयो

बोटगानमा भएको दुर्घटनाका घाइतेहरुलाई दिपायलस्थित सुजङ्ग अस्पताल पु¥याइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका बिहान करीव १० वजे घाईतेहरुलाई अस्पताल पुर्‍याइएको हो । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भिर भएका कारण उनीहरुलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको छानबिन गर्नका लागि प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । कच्ची बाटो, बर्खाको बेला रातीको समयमा भएको दुर्घटना के कारण भएको भन्ने बिषयमा प्रहरी टोलीले अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको