२० साउन, काठमाडौँ – आवश्यक गणपूरक संख्या नपुगेपछि व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा बैठकमा नेमकिपाका डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाजनाएका थिए ।
काफ्लेको नियमापत्तिपछि सभामुख ओनसरी घर्तीले गणपूरक संख्या यकिन गर्नका लागि तीन मिनेट जनाउ घण्टी बजाउन संसद् सचिवालयलाई निर्देशन दिएकी थिइन् । सो अवधिमा संख्या गणना गर्दा ९७ सदस्यको मात्रै उपस्थिति देखिएपछि बैठक स्थगन गरिएको हो ।
नेपालको संविधान धारा ९४ अनुसार संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कायम संख्याको कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । सोअनुसार संसद्मा हाल कायम सदस्य संख्यामध्ये १४९ सदस्य उपस्थित हुनुपर्छ । बैठकमा गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीमा रहेका संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् । रासस
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको