साउन २०, चितवन– शुक्रबार साँझबाट भरतपुर महानगरपलिका वडा नं. १९ र २० को मतगणना शुरु हुने भएको छ । वडानम्बर १९ मा शुक्रबार मतदानका सकिएलगत्तै मतदान सुरु गर्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । मतगणना नेपाल तेक्वान्दो संघको कवड हलमा गरिने छ ।
मतगणनाका क्रममा मतपत्र च्यातिएपछि स्थगित भएको स्थलमै पुन मत गणना गर्ने गरी तयारी थालिएको हो । शुक्रबार दिँउसोदेखि नै सो स्थलमा सरसफाई तथा ब्यवस्थापनको काम गरिएको छ ।
राजनीतिक दलहरुको सहमतिमा उक्त हलको ताला पनि आजै खोलिएको छ । सर्वदलीय समितिको सहमतिमा ताला खोलेर सरसफाई थालिएको सहायक निर्वाचन अधिकारी गंभिर घिमिरेले जानकारी दिएका छन् । भरतपुर जिल्ला समन्वय समिति अगाडि रहेको कभर्ड हलमा यसअघि मतगणना भएको थियो ।
मतगणना स्थलमा दिँउसैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका ३ वटै निकायका जिल्ला प्रमुखहरु समेत मतगणना स्थलमा छन् । आयोगले शनिवारसम्म परिणाम सार्वजनिक गर्नेगरी मतगणना गर्ने जनाएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको