साउन १९, काठमाडौं– निर्वाचनका वेला बम समातेर अर्कैतिर फाल्ने पुर्व प्रहरी हवल्दार दुर्गाबहादुर राना सम्मानित भएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको उपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाईको वावजुद पनि नेपाल प्रहरी संगठन र यसमा आवद्ध कर्मचारीहरुप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सह्रानीय रहेको चर्चा गर्दै उक्त मञ्चप्रति संगठनकोतर्फबाट धन्यवाद व्यक्त गरे । प्रहरी सहायक निरीक्षक रानाको साहसले नेपाल प्रहरीका सदस्यहरुको विरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले यसले देश, विदेशमा रहेका नेपालीहरु माझ प्रहरी संगठनको पहिचान र लोकप्रियतालाई नयाँ उचाईमा पु¥याएको बताए ।
समारोहमा उक्त मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले आफ्नो बहादुरी प्रर्दशन गरी ठूलो जनधनको क्षति हुनबाट जोगाई प्रहरी कर्मचारीहरुको मात्र नभई पूर्व प्रहरी कर्मचारीहरुलाई समेत गौरवान्वित बनाएको चर्चा गरे । स्थानीय तह निर्वाचनको क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–३ स्थित श्री प्रतापपुर अम्बास आवासिय बिद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फाल्दा केही पर खोल्सामा पुगेर बिष्फोट भई निष्क्रिय भएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको