१७ साउन, गुल्मी – स्थानीय तह निर्वाचनमा खसेको मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने २ सय ८८ जनाको धरौटी रकम जफत भएको छ । निर्वाचनमा उम्मेदवारी दिएका १ हजार ३ सय ८६ मध्ये ४ सय ८९ जना निर्वाचित भएकोमा ६ सय ९ जनाले १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए ।
१० गाउपालिका र २ नगरपालिकामध्ये रेसुंगा नगरपालिकामा सबै भन्दा बढी ४८ जनाको धरौटी गुमेको थियो भने मुसिकोट नगरपालिकामा ३६ जनाले धरौटी फिर्ता गर्न सकेनन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीका अनुसार इश्मा गाउ“पालिकामा ३३, कालीगण्डकी गाउ“पालिकामा ९, गुल्मी दरबारमा ३४, चन्द्रकोट गाउँपालीकामा १६, छत्रकोट गाउँपालिकामा १०, धुर्कोट गाउँपालीकामा २८, मदाने गाउ“पालिकामा ४० उम्मेदवारको धरौटी जफत भएको छ ।
मालिका गाउँपालिकामा १४, रुरु गाउँपालिकामा ६ र सत्यवती गाउँपालिकामा १४ गरि ३४ जना उम्मेदवारले १० प्रतिशत पनि मत प्राप्त गर्न सकेनन् । जमानत जफत हुनेमा माओवादी केन्द्रसहित अन्य साना दलबाट गाउँपालिका र नगरपालिका प्रमुखदेखि वडा अध्यक्ष र सदस्य समेत रहेका छन् ।
गुल्मीका स्थानीय तहको निर्वाचनमा ९ वटा दल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । स्थानीय तह निर्वाचन ऐनले गाउँपालीका प्रमुख÷उपप्रमुखका उम्मेदवारलाई १ हजार ५ सय, वडा अध्यक्षलाई १ हजार र वडा सदस्यलाई ५ सय रुपैंया धरौटी बुझाउनु पर्ने व्यवस्था गरेको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको