बिद्यार्थी संघठनहरु सम्भवत बिद्यार्थी आन्दोलनमा एक हुन्छन वा बिद्यार्थीहरुको चुनावमा तर अज फरक परिस्थिती र फरक कार्यक्रममा नेपालका अधिकाश बिद्यार्थी नेताहरु जम्मा भएर बधाई र शुभ कामना दिई रहेका थिए । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संयुक्त बिद्यार्थी संघठनले नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरको जन्मदिन मनाएको छ।
बिभिन्न बिद्यार्थी संघठनका अध्यक्षहरुले नेबिसंघ अध्यक्ष महरलाई शुभकामना दिदै महरको नेत्रित्वमा संयुक्त बिद्यार्थी आन्दोलनले नयाँ उचाई लिने विश्वाश ब्यक्त गरे । कार्यक्रममा बोल्दै अनेरास्वबियु अध्यक्ष नविना लामाले सरल स्वभाव, विचारका धनी एक वैचारिक व्यक्तित्व तथा लाखौँ युवाबिधार्थीहरुको ढुकढुकी नैन सिंह महरको नेत्रीत्वको नेबिसंघले बिद्यार्थी आन्दोलनमा अझ नयाँ उचाई छुने विश्वाश ब्यक्त गर्दै महर बिद्यार्थी संघठनको अभिवावक नेता रहेको र महरको नेत्रित्वमा संयुक्त बिद्यार्थी आन्दोलन सफल भएको बताउनु भयो ।
नैन सिंह महर अन्तराष्ट्रिय पुरस्कार बिजेता बिद्यार्थी नेता रहेको बताउदै भबिस्यमा राजनीतिक नेत्रित्व लिना सक्ने ब्यक्ती भएको बताउदै सफल भबिस्यको लागि शुभकामना दिनुभयो ।
नेबिसंघ अध्यक्ष महरले आफुलाई शुभकामना दिनुहुने सम्पूर्ण बिद्यार्थी संघठन र त्यसका अध्यक्षहरुलाई धन्यवाद दिदै यो सस्कारले बिद्यार्थी संघठनहरु विच आत्मियता बढ्ने र बिद्यार्थी आन्दोलनमा सहकार्य गर्न सजिलो हुने भन्दै अन्य बिद्यार्थी संघठनका अध्यक्ष साथीहरुको जन्मदिनमा समेत निरन्तरता दीइने बताउनु भयो । कार्यक्रममा बिभिन्न क्याम्पस तथा विश्वबिधालयका ईकाई अध्यक्षहरुको उपस्थीती रहेको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको