नयाँ मन्त्रीद्वारा शीतलनिवासमा सपथ ग्रहण

११ साउन,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । 

sher-bahadur-deuba_kLzDsShjJ3विस्तारित मन्त्रिमण्डलमा कांग्रसका पौडेल समुहबाट रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राजन केसीले युवा तथा खेलकुद, सञ्जय गौतमले शहरी विकास र यज्ञबहादुर थापाले कानुन मन्त्रालय पाएका छन् । त्यस्तै देउवा समूहकाः मीन विश्वकर्माले बाणिज्य  वीरबहादुर बलायर–भौतिक योजना तथा निर्माण, अम्बिका बस्नेतले गरिवी मन्त्रालय पाएका छन् ।

महेन्द्रबहादुर शाहीले खानेपानी तथा सरसफाई मन्त्री बनेका छन् । त्यस्तै खुमबहादुर खड्का समूहका मोहनबहादुर बस्नेतले सञ्चार र सटौला समूह : भीमसेनदास प्रधान–रक्षामन्त्रालयको जिम्मेवारी पाएका छन् । 

माओवादी केन्द्रका  गिरिराजमणि पोखरेल–स्वास्थ्य, टेकबहादुर बस्नेत–सामान्य प्रशासन, शिवकुमार मण्डल–आपुर्ति,  महेन्द्रबहादुर शाही–उर्जा, सन्तकुमार थारु चौधरी–पशुपंक्षी, आशा खनाल–महिला बालबिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै फोरम लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव–नागरिक उड्डयन र गोपाल दहित–भुमिसुधारमन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेससहित माओवादी र लोकतान्त्रिकबाट सात सदस्यी मन्त्रिमण्डल गठन गरेका थिए । यो सँगै देउवाको मन्त्रिमण्डल संख्या २६ पुगेको छ । नेकपा संयुक्तबाट मिथिला चौधरीले बाताबरण मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

महिला ३ मात्र 

देउवा नेतृत्वको मन्त्रिमण्डलमा ३ जनामात्र मन्त्री भएका छन् । कांग्रेसबाट अम्बिका बस्नेत तथा नेकपा संयुक्तबाट मिथला चौधरी एवं माओवादीबाट आशा खनाल मात्र मन्त्री भएका छन् । विभिन्न महिलाबादी संघ संगठनले मन्त्रिमण्डलामा ३३ प्रतिशत महिला मन्त्री बनाउनुपर्ने माग अघि सारिरहेका बेला देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदमा अत्यन्त कम संख्यामा सहभागि गराएको हो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने