काठमाडौँ, १० साउन– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकका ‘द्विपक्षीय परामर्श संयन्त्र’मार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइने बताएका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा आज परराष्ट्र मन्त्रालयमा आएको प्रतिनिधिमण्डलसँग मन्त्री महराले भने, “द्विपक्षीय परामर्श संयन्त्र भएका मुलुकमा संयन्त्रमार्फत र नभएका मुलुकमा संयन्त्र स्थापना गरेर आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा अगाडि बढाउँछौँ ।”
परराष्ट्र नीतिसम्बन्धी सुझाव दिन बनेको उच्चस्तरीय कार्यदलमा उद्योग वाणिज्य महासंघले महत्वपूर्ण सुझाव दिइसकेको विश्वास व्यक्त गर्दै उहाँले अबका दिनमा राज्यले राजनीतिकभन्दा आर्थिक मुद्दालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने बताए । उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको र महासंघले उठाएका मागलाई सम्बोधन गर्न आफू र आफ्नो मन्त्रालयको सहयोग रहने मन्त्री महराले विश्वास दिलाए ।
सो अवसरमा महासंघका अध्यक्ष राणाले कूटनीतिक नियोगलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने सुझाव दिँदै निर्यातमुखी कूटनीतिलाई विशेष ध्यान दिनुपर्ने बताइन् । उनले कार्यदक्षता र क्षमताका आधारमा कूटनीतिक प्रमुखको कार्याविधि थपिनुपर्नेमा जोड दिँदै त्यसका विषयमा मन्त्रालयले विशेष नियमन गर्नुपर्ने बताइन्। राज्यले गर्ने विभिन्नस्तरको उच्चस्तरीय भ्रमणमा महासंघका प्रतिनिधिको सम्मानजनक उपस्थिति हुनुपर्ने अध्यक्ष राणाले माग गरिन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न