बालुवाटारमा राजपा र सत्तारुढ दलको बैठक

साउन ४, काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संविधान संशोधन, सरकार विस्तार र २ नम्बर प्रदेशको स्थानीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको तयारी गरिरहेका वेला नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल सुरु भएको हो । rajapa-congress-maoist_V6hukyViDc

बैठकमा राजपाले भन्दै आएको संविधान संशोधनमा सत्तापक्षले गरेको पहलका बारेमा जानकारी गराउनुका साथै उसलाई स्थानीय तहको निर्वाचनमा सहभागि बन्न आव्हान गर्नुका साथै सरकारमा समेत सहभागि बन्न आग्रह गरिने बताइएको छ ।बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सिता देवी यादव, विमलेन्द्र निधी, शशांक कोइरालालगायतका शीर्ष नेता सहभागि छन् भने माओवादीका तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता सहभागि छन् । त्यस्तै राजपाका तर्फबाट महन्त ठाकुर, अनिल झालगायतका नेता बैठकमा सहभागि भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता