साउन १, काठमाडौं– दोश्रो चरण अन्तर्गत प्रदेश नं. १, ५ र ७ मा भएको स्थानीय तहको चुनावमा ४१ देखि ६० बर्ष उमेर समुहका बहुमत जनप्रतिनिधि निर्वाचित भएका छन् । कुल ३ सय ३४ स्थानीय तहमध्ये ३ सय २९ स्थानीय तहमा उमेर समुहका आधारमा हेर्दा २१ देखि ४० बर्ष उमेर समुहका ५ हजार ९ सय ३८ जनप्रतिनिधि विजयी भएका छन् ।
यस्तै ४१ देखि ६० वर्ष उमेर समुहका ७ हजार ७ सय ६४ जनप्रतिनिधि विजयी भएका छन् भने ६१ वर्ष माथिका १ हजार १ सय २२ जना गरी कुल १४ हजार ८ सय २४ विजयी भएका हुन् ।
२१ देखि ४० वर्ष उमेर समुह
यो उमेर समुहबाट नगरपालिका प्रमुखमा २२ जना र गाँउपालिका अध्यक्षमा ४९ जना विजयी भएका छन् । यस्तै उपप्रमुखमा ४४, उपाध्यक्षमा ९९ जना र वडाध्यक्षमा ८ सय ८६ जना विजयी भएका छन् । यस्तै १३ सय ७९ महिला सदस्य, १५ सय ७३ दलित महिला सदस्य, १९ सय ४ खुला सदस्य गरी ५ हजार ९ सय ३८ उम्मेदवार विजयी भएका हुन् ।
४१ देखि ६० वर्ष उमेर समुह
यो उमेर समुहमा नगरपालिका प्रमुखमा ८० जना विजयी भएका छन् भने उपप्रमुखमा ७० जना विजयी भएका छन् । यस्तै गाँउपालिका अध्यक्षमा १ सय ३८ र उपाध्यक्षमा १ सय ८ जना विजयी भएका छन् । यस्तै १७ सय ८ वडा अध्यक्ष, १३ सय ४९ महिला सदस्य, ११ सय १९ दलित महिला सदस्य, ३१ सय ९२ खुला सदस्य सहित ७ हजार ७ सय ६४ उम्मेदवार विजयी भएका हुन् ।
६१ वर्षदेखिमाथि
यो उमेर समुहका १६ जनाले नगरपालिका प्रमुख र ३ जनाले उप–प्रमुखमा विजयी हासिल गरेका छन् । यस्तै, २४ जना गाँउपालिका अध्यक्ष र ४ जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।
२ सय ६२ वडा अध्यक्ष, १ सय १३ महिला सदस्य, १ सय २८ दलित महिला सदस्य र ५ सय ७२ खुला सदस्य गरी ११ सय २२ जना निर्वाचित भएका छन् । पाँच स्थानीय तहबाट निर्वाचनको बिस्तृत आँकडा आउने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको