तीन तले घरमा ताला लगाएर जुवा खेलेका ८ जना पक्राउ  

 

२०७४,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीनगरपालिका–७ बेनीबजारको बैंकरोड नजिकै जुवा खेलिरहेका एक महिलासहित ८ जना पक्राउ परेका छन् । तीनतले घरको च्यानल गेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।juwaजुवाघर सञ्चालिका समेत रहेकी मालिका गाउँपालिकाकी पार्वती पुन भनिने सविनासहित ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो । तीन प्याकेट तासका बट्टासहित विभिन्न रङका गोटीको प्रयोग गरेर जुवा खेलिरहेको घरमा ताल्चा फोरेर भित्र प्रवेश गरी उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक दिवाकर घिमिरेको कमाण्डमा खटिएको टोलीले गुरिल्ला शैलीमा प्रवेश गरेर जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । प्रहरी प्रवेश गरेको जानकारी पाएपछि जुवाडे घरको पछिल्लो भागबाट भाग्ने प्रयास समेत गरेका थिए ।

पक्राउ पर्नेमा जिल्लाभित्रका र विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु रहेको प्रनाउ खड्काले बताउनुभयो । प्रहरीकाअनुसार पक्राउ पर्नेहरुको परिचयसहित आवश्यक विवरण सङ्कलन र प्रारम्भिक अनुसन्धान भैरहेको छ । प्रहरीले सूचनाका आधारमा निगरानी बढाएको थियो ।

तास र पैसा हुने ठाउँमा गोटी मात्रै भेटिए पनि नयाँ शैलीको जुवाघर फेला परेको भन्दै थप अनुसन्धानबाट अन्य जुवाघरसम्म पुग्न सकिने प्रहरीको अनुमान लगाएको छ । जुवाखालबाट प्रहरीले एक रुपैयाँ पनि नगद नभेटिनु निकै चासोपूर्वक हेरिएको बताएको छ । जुवाडेले कसरी पैसा व्यवस्थापन तथा एकले अर्कोलाई दिन्छन् भन्ने समेत पत्ता लगाइरहेको प्रहरीको भनाई छ । यसलाई आधुनिक जुवाघरका रुपमा लिइएको प्रनाउ खडकाको भनाई रहेको छ ।

 
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको