किन भएन नवराज सिलवालको बढुवा ?

 

साउन १ , काठमाडौं – लामो समयदेखि अवरुद्ध प्रहरी बढुवा प्रक्रिया खुलाउँदै गृह मन्त्रालयले शुक्रबार ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सिफारिस गरेको छ । श्रीलंकाको कोलम्बोमा आठौं सार्क राष्ट्रहरूको गृहमन्त्रीस्तरीय बैठक सकेर शुक्रबारै स्वदेश फर्किनुभएका गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीले बढुवा प्रक्रिया अगाडि बढाउन कसरत गर्नुभएको थियो । 

शुक्रबारै राति गृहमा बसेको बढुवा समितिको बैठकले ११ डीआईजीलाई एआईजी र १७ एसएसपीलाई डीआईजी बनाउन सिफारिस गरेको हो । गृहको सिफारिस सूचीअनुसार डीआईजी बमबहादुर भण्डारी र एसएसपी सर्वेन्द्र खनाल बढुवाको पहिलो नम्बरमा पर्न सफल हुनुभएको छ ।

ramesh-kharel-sarbendra-khanal_tonGwD4eU4

पूर्ववर्ती सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरे पनि सर्वोच्चबाट बदर गरिएका डीआईजी जयबहादुर चन्द सिफारिसको दोस्रो नम्बरमा पर्नुभएको छ । सरकारसँग मुद्दा खेपिरहेका डीआईजी नवराज सिलवाल भने सिफारिसमा पर्नुभएको छैन । प्रहरी मुख्यालयले सार्वजनिक गरेको सूचीअनुसार तेस्रो नम्बरमा डीआईजी देवेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौंमा केशरीराज घिमिरे, छैटौंमा माधवप्रसाद जोशी, सातौँमा विजयलाल कायस्थ, आठौंमा कमलसिंह बम, नवौंमा मिङ्मार लामा, दसौंमा रणबहादुर चन्द र एघारौंमा विजयकुमार भट्ट हुनुहुन्छ । बढुवा समितिका सदस्यसचिव आईजीपी प्रकाश अर्याल हुनुहुन्छ ।

बढुवा सिफारिस भएकामध्ये डीआईजी भण्डारी आफूलाई एक तह माथि पार्न सफल हुनुभएको छ । एसएसपीबाट बढुवा हुँदा चौथो नम्बरमा रहनुभएका बम चन्दलाई उछिन्दै एक नम्बरमा पर्नुभएको छ ।
एसएसपीबाट बढुवा हुँदा सात नम्बरमा रहनुभएका मधु पुडासैनी भने सिफारिसमा छुट्नुभएको छ । एसएसपीबाट डीआईजीमा दोस्रोपटक बढुवा हुनुभएका डीआईजी रणबहादुर चन्द सिफारिसमा परे पनि अर्का डीआईजी हेमन्तबहादुर पाल छुट्नुभएको छ । अब एक साताभित्र चित्त नबुझेका प्रतिस्पर्धी डीआईजीहरूले बढुवा सिफारिसविरुद्ध उजुरबाजुर नगरेमा बढुवा समितिले गृहमन्त्रीमार्फत मन्त्रिपरिषद्मा लैजानेछ । उजुरी परेमा फेरि एक साता बढुवा प्रक्रिया लम्बिनेछ ।

खरेललाई उछिने खनालले
गृहको सिफारिसअनुसार १५ जना एसएसपीमध्ये बढुवा सूचीको एक नम्बरमा पर्नुभएका खनालले एसएसपीमा हुँदा एक नम्बरमा रहनुभएका रमेश खरेललाई उछिन्नुभएको हो । खरेललाई समितिले दोस्रो नम्बरमा बढुवा सूचीमा राखेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको प्राप्तांकअनुसार खनालले ८४.४७३४ र खरेलले ८३.८५१० नम्बर प्राप्त गर्नुभएको छ ।

जसअनुसार खनालले खरेललाई ०.६२२४ नम्बरले उछिन्नुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सूचीमा तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाँचौंमा भोगबहादुर थापा, छैटौंमा पुस्कल रेग्मी, सातौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, दसौंमा ज्ञानविक्रम शाह, एघारौंमा ठूले राई, बाह्रौंमा शरद चन्द, तेह्रौंमा धिरु बस्नेत, चौधौंमा पुष्पचन्द्र रञ्जित र पन्ध्रौंमा सुरेश विक्रम शाह पर्नुभएको छ ।

किन भएन नवराज सिलवालको बढुवा ?
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन (कासमु) मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक (आईजी) बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेन।

गृहसचिव अध्यक्ष, महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिले ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्दा सरकारसँग मुद्दा खेपिरहेका सिलवाल समेटिएनन्।

तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित सबै एआईजी (प्राविधिकबाहेक) ले सेवा अवधिका कारण एकसाथ अवकाश पाएपछि डीआईजी सोझै आईजी बन्ने अवस्था आएको थियो।

सरकारले चौथो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजी नियुक्ति गरेपछि सिलवाल ज्येष्ठता र कासमुलाई मिचेर नियुक्ति भएको भन्दै आफूलाई बनाइनुपर्ने दाबीसहित सर्वोच्च पुग्नुभएको थियो।

सर्वोच्चले चन्द नियुक्तिको निर्णय बदर गर्दै घुमाउरो पारामा सिलवाललाई नै नियुक्त गर्न आदेश दिएको थियो। तर, आफ्नो पनि कासमु हेरिनुपर्ने भन्दै डीआईजी प्रकाश अर्याल सर्वोच्च पुगेपछि आईजी नियुक्ति प्रकरणले नयाँ मोड लिएको थियो।

सरकारले कासमुमा डीआईजी प्रकाश अर्याल पहिलो नम्बरमा रहेको बताउँदै आइजीमा बढुवा गरेको थियो। सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा चन्दलाई आईजी बनाउनुपर्ने पक्षमा हुनुहुन्थ्यो। चन्द आईजी नहुने अवस्था आएपछि देउवा कुनै पनि हालतमा सिलवाललाई आईजी बनाउन नहुने अडानमा रहनुभएको थियो।

सरकारले अर्याललाई आईजी बनाईएपछि सिलवाल पुनः सर्वोच्च पुग्नुभएको छ। सिलवालले कासमु किर्ते गरी सर्वोच्चमा पेस गरेको भन्दै सरकारले छानबिन गरेको थियो। सिलवाल प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। तर, पछि यो प्रस्ताव फिर्ता भयो।

बढुवा सिफारिस विषयमा कुरा गर्न खोज्दा आईजी प्रकाश अर्याल र गृहप्रवक्ता दीपक काफ्ले सम्पर्कमा आउनुभएन। गृहसचिव लोकदर्शन रेग्मीले आफ्नो सम्पर्क नम्बर पीएसओलाई दिएर सम्पर्कविहीन हुनुभयो।

डीआईजी सिलवालले बढुवा समितिको सिफारिसमा आफू केही नबोल्ने प्रतिक्रिया दिनुभएको छ। ‘मेरो मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले म यो विषयमा केही बोल्दिनँ। जुन दिन अदालतले फैसला गर्छ, त्यो दिन म बोल्छु चाहे जितौं वा हारौं’, सिलवालले भन्नुभयो।

उहाँले आफ्नो लडाइँ आईजीका लागि भएकाले त्यसबाहेक अरू केही नसोचेको बताउनुभयो। ‘आईजी नियुक्त हुनुपर्छ भनेर म मुद्दा लडिरहेको छु। यो बाहेकका विषयमा मैले प्रतिक्रिया जनाउनु छैन’, उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको