राजधानीमै ढलले निल्यो ११ वर्षीया बालिका

 

साउन १ , काठमाडौं – ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् ? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनीतालाई गुमाउनुपरेको हो। 

balika_news_Nmggd4P3TS

स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनीता सानिमाका छोरो आठ वर्षीय रिदमसँग खेल्दै थिइन्। साँझको ४ बजेको थियो। उनले भनिन्, ‘आमा, हामी एकछिन खेल्छौं है !’ उनका बुबा घरनजिकै रहेको रामजानकी मिठाई पसलमा व्यस्त हुनुहुन्थ्यो। ‘सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०–१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’, केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले शनिबार अन्नपूर्णसँग भन्नुभयो, ‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन। बगाएको देख्नेहरूले त्यो लेदो भेलमा जाने आँटै गरेनछन्।’

उहाँका अनुसार विष्णुमतिमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर पर पुर्‍याएको रहेछ। करिब दुई घन्टापछि विनीतालाई प्रहरीसहित स्थानीयले उद्धार गरेको जानकारी दिँदै उहाँले छाम्दा नाडी चलिरहेको पाएको सुनाउनुभयो। त्यसलगत्तै पिपुल्स हस्पिटल पुर्‍याएर पानी बान्ता गराएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिदियो। साँझ करिब ७ बजेतिर शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले विनीतालाई मृत घोषणा गरेका थिए। विनीताका दाजु विजय भने कक्षा ६ मा अध्ययनरत छन्।

विनीता तारकेश्वरस्थित मामाघरमा बसेर कक्षा १ सम्म अध्ययन गरी दुई वर्षअघि मात्र बुबाआमासँग नेपालटार आएकी थिइन्। बोर्डिङ स्कुल युरेकाले सरकारी विद्यालय पढेको भन्दै कक्षा १ मै भर्ना लिएकाले अध्ययन ढिलो भएको बुबा झंकनाथको भनाइ छ।

सामाखुसीमा पनि
सामाखुसीमा शुक्रबार विद्यालयबाट फर्किएर सडकमा हिँड्दै गरेकी एक बालिका पनि ढलमा डुबेर केही बेर गायव भइन्। उक्त घटना यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। ढलले हुत्याएर एकछिनमै बृहष्पति विद्यासदनको कक्षा ९ मा अध्ययनरत सत्या सापकोटालाई केही पर पुर्‍याए पनि पैदलयात्रुले उनलाई उद्धार गरेका थिए।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका बेला सामाखुसी क्षेत्रमा पुग्दा आफू निर्वाचित भए सडक सुधारका लागि तत्कालै काम गर्ने आश्वासन बाँडेका थिए। उहाँले एक सय दिनमा १०१ काम गर्ने भनी जारी गरेको घोषणापत्रमा पनि सडकका खाल्डाखुल्डी पुर्नेलगायत बुँदा छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको