विश्वभर घट्यो चिनीको मूल्य

 

साउन १ , काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो परिमाणमा उत्पादन भएको हो । तीन साताअघि ६१ हजार आठ सय नौ रुपैयाँ (६ सय डलर) प्रति मेट्रिक टन रहेको चिनीको मूल्य विश्वबजारमा अहिले ४७ हजार नौ सय दुई रुपैयाँ (चार सय ६५ डलर) पुगेको छ।

sugar_vmaJEYBfOg

नेपाल चिनी उद्योग संघका अनुसार यसरी नै अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा कमी आइरहने हो भने नेपालको स्वदेशी उद्योग धराशयी हुने अवस्थामा पुग्नेछ । अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यका कारण नेपालमा अनियन्त्रित रूपमा चिनी आयात हुने हो भने स्वदेशी उद्योगसहित नेपाली उखु किसानले पनि प्रत्यक्ष रूपमा नोक्सानी उठाउनुपर्ने अवस्था आउन सक्ने व्यवसायीले औंल्याएका छन् ।

सरकारले चिनी आयात गर्दा भन्सार शुल्क १५ प्रतिशत मात्रै तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घट्दा आमउपभोक्ताले भने सस्तोमा चिनी खरिद गर्न पाउनेछन् । उपत्यकाका उपभोक्ताले अहिले साल्ट ट्रेडिङ कर्पोरेसनबाट भारतबाट आयातित चिनी प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा खरिद गर्न पाएका छन् । व्यवसायीले बजारमा भने ९० रुपैयाँसम्म प्रतिकिलोमा चिनी बिक्री गर्दै आएका छन् ।

कर्पोरेसनले भारतबाट भन्सार शुल्क एक प्रतिशतमा मात्रै चिनी आयात गरेको छ । भन्सार छुटमा ल्याइएको चिनी कर्पोरेसनले उपभोक्तालाई सस्तोमा बिक्री गर्न सुरु गरेपछि लागत मूल्य बढी भएर स्वदेशी उद्योगको चिनीले बजार पाउन समस्या आएको छ । विश्वबजारमै सबैभन्दा ठूलो परिमाणमा चिनी उत्पादन हुने ब्राजिल, मरिसस, चीन, थाइल्यान्ड, भारतसहित अफ्रिकी मुलुकमा पर्याप्त मात्रामा चिनीको उत्पादन भएकाले यसको मूल्यमा ठूलो कमी आएको हो ।

भारतमा बढ्यो भन्सार
सस्तो चिनीबाट आफ्ना स्वदेशी उद्योगलाई धराशयी हुन नदिन र किसानलाई जोगाउन छिमेकी मुलुक भारतले हालै भन्सार शुल्कमा दुई पटक वृद्धि गरिसकेको छ ।भारतले चिनीमा लाग्ने भन्सार शुल्क २० प्रतिशतलाई वृद्धि गरी डेढ महिनाअघि ४० प्रतिशत पुर्‍याएको थियो । लगत्तै भारतले फेरि ४० बाट ५० प्रतिशतमा भन्सार शुल्क पुर्‍याएको छ ।

भारतले भन्सार शुल्क वृद्धि गरी तेस्रो मुलुकबाट सस्तो मूल्यमा आयात हुने ठूलो परिमाणको चिनीको आयात दरलाई रोकेर स्वदेशी उद्योग र किसानलाई जोगाएको छ । भारतले बाहिरी मुलुकबाट सस्तो चिनी आयात हुँदा स्वदेशी उद्योगले उत्पादन गरेको चिनी बिक्री हुन नसक्ने ठहर गर्दै आयात दर वृद्धि गरेको छ ।

– तीन साताअघि प्रतिमेट्रिक टन ६१ हजार ८ सय नौ रुपैयाँ मूल्य
– अहिले ४७ हजार नौ सय दुई रुपैयाँमा
– २० हजार मेट्रिक टन चिनी अवैध रूपमा नेपालमा भित्रिने
– वार्षिक दुई लाख ४० हजार मेट्रिक टन माग
– स्वदेशी उद्योगबाट डेढ लाख मेट्रिक टन उत्पादन
– साल्ट ट्रेडिङले एक प्रतिशत भन्सारमा ५० हजार मेट्रिक टन आयात गर्ने
– चिनी आयात गर्दा भन्सार शुल्क १५ प्रतिशत छुट
– यो वर्ष चिनी उत्पादनमा ६० प्रतिशत वृद्धि हुने अपेक्षा
– ब्राजिल, मरिसस, चीन, थाइल्यान्ड, भारत तथा अफ्रिकी मुलुकमा उत्पादनमा वृद्धि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको