काठमाडौं, ३१ असार– निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही आइतबारदेखि सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने गरेको छ ।
यस अघि २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिई आ–आफ्नो स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा आफू स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन समेत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको उनले बताए । मतदाता नामावली संकलन आइतबारदेखि सुरु भई साउन १५ गतेसम्म चल्नेछ ।
यद्यपी यस अघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु पर्दैन । नाम दर्ता भइसकेपछि २०७४ साल श्रावण १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको