राप्रपालाई उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दिन देउवा सहमत !

prachadna-sher-kamal_fusu3UsxkLअसार ३०, काठमाडौ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका छन् । 

त्यसका लागि प्रधानमन्त्री देउवा सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा,लगायतका नेतासँगको सामुहिक तथा छुट्टाछुट्टै छलफलपछि राप्रपालाई समेत सरकारमा सहभागि गराउन सहमत भएका हुन् ।

यसअघि संविधान संशोधनमा राप्रपाका संसदहरु बिभाजित बनेको भन्दै राप्रपालाई तत्काल सरकारमा सहभागि नगर्ने मनस्थितिमा बनाएका सत्तारुढ दलले निर्णय परिवर्तन गर्दै राप्रपालाई सत्ताको सहयात्री बनाउन लागेका हुन् । 

नेपाली कांग्रेसको उच्च श्रोतका अनुसार राप्रपालाई समेत सरकारमा सहभागि बनाएर लैजादा बर्तमान गठबन्धन बलियो बन्ने र पछि संविधान संशोधनमार्फत राजपा लगायतको माग सम्बोधन गर्न सहज बन्ने भएकाले अवको मन्त्रिपरिषद विस्तारमा राप्रपालाई समेत समेट्न लागिएको हो । 

श्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार २८ गते थाइल्यान्ड जानुअघि यस्तो सहमति भएको हो । माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री देउवा, कांग्रेसका विमलेन्द्र निधी, माओवादीकै बर्षमान पुन, राप्रपा अध्यक्ष कमल थापाबीचको सहमतिमा राप्रपालाई उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिइने छ ।  सहमति अनुसार राप्रपाले सरकारमा जाने व्यक्तिको नाम समेत सो छलफलमा प्रस्तुत गरेको थियो । 

राप्रपा अध्यष थापाले नेताहरुको बैठकमा राप्रपाबाट थापासहित दिलनाथ गिरी, दिपक बोहोरा तथा  विक्रम पाण्डे र जयन्त चन्दमध्ये एक जनाको नाम लिएका थिए । तर, मन्त्रालयको टुङगो भने अध्यक्ष प्रचण्ड थाइल्यान्डबाट फर्केलगत्तै लगाउने र साउन ४ गते मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य अघि बढाउने सहमति समेत बनेको बताइएको छ । 

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको