५० वर्षसम्म लिभिङ टुगेदर, पाप पखाल्न भन्दै ८० वर्षमा बिहे

sukha-hariyaआधुनिकतासँगै युवा युवतीहरुमा बिहे नगरिकन सँगै बस्ने अर्थात् लिभ इन रिलेसनसीपको ट्रेण्ड बढिरहेको छ ।

तर यो चलन आजभन्दा ५० वर्षअघि पनि थियो भन्दा अनौठो लाग्नसक्ला । भारतमा एक जोडीले ५० वर्षको लिभइन रिलेसनलाई हालै बल्ल बिहेमा परिणत गरेको छ ।

 

विगत ५० वर्षदेखि लिभिङ टुगेदरमा रहेका ८० वर्षका सुख कुशवाह नामका वृद्धले आफ्नी प्रेमिका ७५ वर्षकी हरियासँग बिहे गरेका हुन् ।

उनीहरु एकअर्कालाई खुब मन पराउँथे । तर उनीहरुको त्यो समयमा प्रेम विवाह सहज थिएन । दुबै जनाको परिवार उनीहरुको बिहेका लागि राजी भएन । त्यसपछि सुख र हरियाले बिहे नगरीकनै सँगै बस्न थाले ।

मध्यप्रदेशको फाइतपुरमा बस्ने यो जोडीले बिहे नगरीकनै हालसम्म ४ वटा बच्चा जन्माइसकेको छ । परिवार खुसी र सुखी छ । घरजम मज्जाले बसे पनि हरिया चाहिँ खुसी थिइनन् । आफूले बिहे नगरिकनै यत्रोवर्ष सँगै बसेको र बच्चाबच्ची जन्माएको भए पनि उनलाई औपचारिक रुपमा बिहे गर्ने धोको थियो ।

उता जीवनको यस घडीका आइपुगेपछि सुखलाई लाग्न थालेको थियो कि अब जीवनको अन्तिम समयतिर आइयो । मृत्युपश्चात आफू र आफ्नी पत्नीको मोक्ष कसरी होला भन्ने कुराको चिन्ता बढ्न थाल्यो उनमा ? विधिवत विवाह नगरी सँगै बसेका र बच्चा बच्ची पनि जन्माएका सुख र हरियाको सम्बन्धलाई धर्मशास्त्र र समाजले समेत अनैतिक र अवैध भन्थ्यो । यस्तो सम्बन्धमा रहने जोडीहरुको पाप नपखालिने र मोक्ष प्राप्त गर्न नसक्ने हिन्दू परम्पराले सुखलाई पनि पिरोल्यो । त्यसैले बिहे विनाको अवैध सम्बन्धकोे पाप पखाल्न तथा मृत्युपश्चात मोक्ष प्राप्त गर्ने चाहनामा उनले गत ३० जूनका दिन हरियासँग विधिवत रुपमा बिहे गरे ।

बुवाआमाको औपचारिक बिहेको कुरालाई लिएर उनीहरुका छोराछोरीहरु पनि निकै खुसी थिए । सबै मिलेर धुमधामसँग बिहेको आयोजना गरे । हरिया र सुखको बिहेमा उनीहरुका नाति नातिनाहरु समेत निक्कै मज्जाले नाचे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी