असार २९, काठमाडौं – मुलुकका सयौ सांसद तथा मन्त्रीहरुले दैनिक खाजा तथा खाना खाने क्यानिटनमै बनाइने खाजा तथा खानामा स्याउँस्याउँ किरा भेटिन्छन् भने अन्यत्रका होटलको खानेकुरा कस्तो हाला ? तपाईंलाई विश्वास नलाग्न सक्छ, तर संसद भवन नयाँ बानेश्वरमा रहेको क्यान्टिनमा बनाएको चाउमिनमा किरा भेटिएको छ ।
घटना यहि असार २८ गतेको हो । असार २८ गते सांसदहरुसमेत उक्त क्यान्टिनमा खाजा खाना पुगेका थिए । त्यहि क्रममा एकजना सांसदसँगै संसद भवनको क्यान्टिनमा खाजा खान गएका सासंदका सहयोगिले चाउमिनको अर्डर गरे । तर, ग्राहकको अर्डर बमोजिम आएको उक्त चाउमिन खान खोज्दा किरा भेटिएपछि उनि झसंग बने ।
लगत्तै उनले क्यान्टिन सञ्चालकलाई चाउमिनमा किरा भेटिएको सिकायत गरे । तर, क्यान्टिन सञ्चालकले गल्ति स्वीकार्नुको साटो उल्टै ति ग्राहकलाई हप्काएका थिए । संसद भवनमा सञ्चालनमा रहेको सो क्यान्टिनका सञ्चालक गोपाल जोगाईले ग्राहकको सिकायत सुन्नुको साटो उल्टै यस्ता मान्छे कति आउँछन आउँछन् भनेर धम्क्याएको पीडितले बताएका छन् ।
पीडितका अनुसार क्यान्टिन सञ्चालक जोगाइले किरा परेको चाउमिनबारे जुनसुकै मिडियामा आएपनि केही लर्छापाटो नलाग्ने धम्की दिदै ‘जे गर्न मनलाग्छ गर्नु’ भन्दै धम्क्याएका थिए ।
यस सम्बधमा जोगाईको सम्पर्क नम्बर ९८५१०४७५३३ मा सम्पर्क गर्दा उनले आफु गोपाल जोगाइ नभएको भन्दै आफुलाई त्यसबारे केही थाहा नभएको बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको