घरबाटै कुर्सि बोक्ने मेयर को हुन ?

असार २९ , कञ्चनपुर  – जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् । 

स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । 

उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । 

बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् । 

‘१० बर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ बर्षे कार्याकाल पनि यसैमा विताउँछु’, उनले मंगलबार सञ्चारकर्मीमाझ भने, – ‘म सामान्य जनताको छोरो उनीहरु सरह नै बस्न चाहान्छु ।’ आफुलाई कुर्सी मोह भन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको